३० चैत्र २०८२, सोमबार | April 13, 2026

बलात्कारबारे ठट्टा गर्ने भारतीय सांसदलाई आफ्नै अभिव्यक्ति महंगो सावित



नयाँ दिल्ली । दक्षिणी भारतको कर्नाटकमा बलत्कारबारे ठट्टा गर्ने एक सांसदले माफी मागेका छन् । ‘जव बलात्कार हुनु नै छ भने, पल्टनुहोस् र मजा लिनुहोस्,’ कंग्रेस पार्टीको तर्फबाट कर्नाटकको विधान सभामा निर्वाचित सांसद रमेश कुमारले बुधबारको विधान सभामा भनेका थिए । उनको अभिव्यक्तिपछि विधान सभाका सभामुख विश्वेश्वर कागेरी र अन्य सांसदसमेत हाँसेका थिए ।

विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोधपछि रमेश कुमारले माफी माग्न बाध्य भएका हुन् । आफ्नो भनाईले कसैलाई चोट पुग्न गएमा खुला ह्दयदेखि क्षमा याचना गरेको उनले बताएका छन् । ‘महिलालाई अपमान गर्ने मेरो कुनै आशय थिएन । त्यस्तै, विधान सभाको गरिमा घटाउने वा बलात्कारबारे ठट्टा गर्ने कुनै नियत थिएन’, कुमारले भनेका छन् ।

सांसदहरुलाई काबुमा राख्न नसकेको र लाचारीपन देखाएको सभामुखमाथि आरोप लागिरहेका बेला कुमारको अभिव्यक्ति आएको थियो ।

कुमारको अभिव्यक्तिप्रति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र कुमारकै कंग्रेस पार्टीका सांसदहरुले बिरोध गरेका थिए । उनका अभिव्यक्तिले महिलालाई अपमान गरेको भाजपाकी सांसद पूर्णिमा श्रीनिवासले बताएकी थिइन् ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : ०९ बजे

राष्ट्रिय अपाङ्ग महासंघको १० औँ महाधिवेशनबाट देविदत्त आचार्यको नेतृत्वमा नयाँ समिति चयन

बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन बुटवल

गृहमन्त्रीलाई जेनजी नेतृ रक्षा बमको सुझाव- ‘गरिबीलाई अपराध नठान्नुस्’

काठमाडौं । जेनजी नेतृ रक्षा बमले गृहमन्त्री गुरुङलाई सार्वजनिक अभिव्यक्तिप्रति

रिपोर्टर्स क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन

ट्रक भाडादर समायोजन गर्न समितिलाई ध्यानाकर्षण

बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।