२८ भदौ २०८३, आइतबार | September 13, 2026

सिराहामा भएको छुरा हानाहानको घटनामा एक युवकको मृत्यु, एक जना गम्भीर घाइते



सिराहा । सिराहामा शनिवार साँझ दुई पक्षका युवाहरुबीच छुराहानाहान हुदाँ एक युवकको मृत्यु भएको छ भने एक युवक गम्भीर घाइते भएका छन्।

छुरा प्रहारबाट सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया टोलका २६ वर्षीय रामकुमार सदाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय गोलबजारले जनाएको छ । मृतक सदाको धनगढीमाई नगरपालिका ९ स्थित आरके मेरिसीटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार छुरा प्रहारबाट अर्का स्थानीय १९ वर्षका निकेश सदा गम्भीर घाइते भएका छन्। उनको काठमाडौं स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले दुई समूहबीच छुराहानाहान भएको बताए पनि छुरा हानाहानमा संलग्न अर्को समूहको भने यो समाचार तयार पार्दा सम्म पहिचान हुन सकेको छैन ।

मृतक सदाका आफन्त तथा स्थानीयबासीले पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर अवरोध गरेका छन् । घटनाको विरोधमा हटियाका बासिन्दाले बिहानैदेखि प्रदर्शन तथा सडक अवरुद्ध पारेका कारण पूर्वपश्चिम राजमार्गको यातायात ठप्प भएको छ । गन्तब्यका लागि घटना अघि हिँडेका यात्रुहरु राजमार्गमै अलपत्र परेका छन् ।

घाइतेलाई निःशुल्क उपचार, दोषीलाई यथाशीघ्र पक्राउ गरी कारबाही गरिनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्तिलगायत माग राखेर स्थानीयले गोलबजारको व्यवसाय समेत बन्द गरेका छन् ।

घटनाबारे अनुसन्धान तथा दोषीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ४७ बजे

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का युवाले आफ्नो गाउँ आफैँ