३ पुस २०८२, बिहिबार | December 18, 2025

एमसीसीबारे चित्रबहादुर केसी– फकाउन आइरहन्छन्, हाम्रो विरोध यथावत रहन्छ



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्ने जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपरान्ह ४ बजे बोलाएको बैठकअघि बस्न लागेको सत्ता गठबन्धनको बैठकमा नै एमसीसीको पक्षमा जनमोर्चा नरहेको सन्देश पुनः दिने जनाएका छन् ।

‘जनमोर्चाको पहिलादेखि नै स्पष्ट धाराणा के हो भने चीन विरोधी क्याम्पमा नेपाललाई लैजान एमसीसी ल्याइएको हो । अनुदानको नाममा साम्राज्यवादी शक्ति अमेरिकाको षडयन्त्रमा नेपाल फस्नु हुदैन,’ केसीले न्युजकारखानासँग भने, ‘यो नेपालको विकासका लागि होइन, आफ्ना गतिविधि बढाउन लागि ल्याइएको एमसीसीको पक्षमा कुनै नेपाली छैनन् ।’

प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने प्रयास गरेमा सत्ता गठबन्धनबाट जनमोर्चा अलग्गिन सक्ने उनको चेतावनी छ । अमेरिकी अनुदान एमसीसी पारित गराउनका लागि आफूलाई दबाब र फकाउने दुवै काम गरिरहेको केसीले जानकारी दिएका छन् ।

‘एमसीसीका प्रतिनिधिले त मलाई भेटेका छैनन्, तर एमसीसीको नेपाली दलालहरू भने म भएको ठाउँमा आउँछन, कतिपय त बुद्धिजीवीहरू नै लागेको देख्दा अचम्म लाग्छ,’ केसीले भने, ‘फकाउने र दबाब दिने दुवै काम गरे पनि म भने डग्मगाएको छैन, हामी विरोधमा नै छौँ ।’

केसी निवासमा एमसीसीको प्रतिनिधि बनेर को को नेपाली बुद्धिजीवी आएका थिए रु त्यो भने उनले खुलाउन अझै चाहेनन् । यति मात्र भने, ‘तिनलाई चिन्ने मौका पाइएको छ, समय आए पछि भनौंला ।’

उनका अनुसार सम्पूर्ण नेपाली एमसीसीको विरोधमा भएकाले संसदवाट पारित हुने अवस्था छैन ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ३० बजे

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित