१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

अन्ततः बागमती प्रदेशमा माओवादी चुनावबाटै नेतृत्व छान्दै : ९ पदमा २७ जनाको उम्मेदवारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

सोमबार जारी चुनावी प्रकृयामा अध्यक्षसहितका ९ पदमा २७ जनाको उम्मेदवारी परेको छ । मा‌ओवादीको बागमती प्रदेश अध्यक्षका लागि सरल सहयात्री पौडेल र दिननाथ गौतमले उम्मेदवारी दिएका छन् । काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा निर्वाचन कार्यक्रम जारी छ ।

२९ जनाले उम्मेदवारी दिएको भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै २७ जना चुनावी मैदानमा छन् ।

अध्यक्षमा २ जना र सचिवमा ४ जना, उपाध्यक्षमा ९ जना, सहसचिवमा ११ जना र कोषाध्यक्षमा ३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् ।

अध्यक्ष र पदाधिकारी छान्न प्रदेश कमिटीका २७५ जनाले मतदान गर्ने माओवादी केन्द्र बागमती प्रदेशले जनाएको छ ।

प्रदेश अध्यक्षसहितका पदाधिकारी सर्वसम्मच चयन गर्ने प्रयास असफल भएपछि माओवादीले निर्वाचन मार्फत टुंगो लगाउने निर्णय गरेको थियो ।

नेतृत्व चयनका लागि माओवादीमा निर्वाचन हुने गरेको छैन । पछिल्लो पटक हेटौंडा महाधिवेशनपछि आज पहिलो पटक निर्वाचन हुन लागेको जनाइएको छ । अन्य प्रदेशमा समेत अध्यक्षसहित पदाधिकारी चयन हुन सकेको छैन ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : ३० बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम