१ पुस २०८२, मंगलबार | December 17, 2025

कालिका रनिङ शिल्ड रोचक मोडमा, भलिबलले उपाधीको निर्णय गर्ने



बुटवल । कालिका मानवज्ञान माबी बुटवलले आयोजना गरेको जिल्लास्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिता रोमान्चक मोडमा प्रवेश गरेको छ । कालिका, एभरेस्ट र कुवरवर्ती स्कूलले ३/३ वटा स्वर्ण पदक जितेपछी रनिङ शिल्ड कस्ले उचाल्ने भन्ने कुरा अन्तिम खेलपछी नै टुङ्गो लाग्ने भएको छ ।

सोमबारसम्म सम्पन्न विभिन्न इभेन्ट्समा प्रतिस्पर्धामा कुवरवर्ती, एभरेस्ट र कालिका मानवज्ञान माबीले ३/३ वटा, नवीन स्कूलले २ वटा तथा सेन्ट जोसेफ,शान्ति नमूना,जनज्योति र मणिमुकुन्द माबिले १/१ वटा स्वर्ण पदक जितेका छन ।

रनिङ शिल्डको विजेताको टुंगो भलिबलको फाइनल पछि मात्र हुनेछ ।

छात्र भलिबलको क्वाटर फाइनलमा एभरेस्ट बोर्डिङ स्कूललाई हराएर दिप बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरिसकेको छ । कुवरवर्ती स्कुल र सेन्ट जोसेफ स्कूल बीचमा पुस ६ गते हुने अर्को सेमिफाइनल खेलले फाईनलमा पुग्ने टिम तय गर्नेछ । फाइनल खेल सम्पन्न भएपछी रनिङ शिल्डको विजेता घोषणा गरिने खेल संयोजक हरिश वलीले बताए ।

प्रतियोगिता अन्तर्गत सोमबार ३००० मिटर दौड, कबड्डि, लङ जम्प र छात्रा भलिबलका फाईनल प्रतिस्पर्धाहरु सम्पन्न भएका छन । कबड्डिमा कालिका मानव ज्ञान माबी, छात्रा भलिबलमा एभरेस्ट बोर्डिङ स्कूलले उपाधी जितेका छन ।

विभिन्न इभेन्ट्सका प्रतिस्पर्धामा विजयी खेलाडिलाई विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामिले मेडल र प्रमाणपत्र प्रदान गरे ।
मंगलबार छात्र भलिबलको बाँकी खेलहरु र ५००० मिटर खुला दौड प्रतियोगिता हुने खेल संयोजक हरिश ओलीले बताए ।

रनिङ शिल्डमा उत्कृष्ट विद्यालयलाई वार्षिकोत्सब मूल समारोहमा नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ०२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष