१० बैशाख २०८३, बिहिबार | April 23, 2026

सर्वोच्च प्रशासनको निर्देशन अवज्ञा गर्दै कानुन व्यवसायीहरुकाे सर्वोच्च परिषरमा नारावाजी



काठमाडौं । सर्वोच्च अदालत प्रशासनले अदालत परिषर भित्र नाराबाजी नगर्न र माईक प्रयोग नगर्न भने पनि नेपाल बार र सर्र्वोचच बार आवद्ध वकीलहरु नाराबाजी गर्दै सर्वोच्च अदालत परिषरमा प्रवेश गरेका छन् । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएनको नेतृत्वमा सुरु भएको आन्दोलनलाई निरन्तरता दिँदै कानुन व्यवसायीहरु सर्वोच्च परिषर प्रवेश गरेका हुन् ।

आन्दोलनरत कानुन व्यवसायीहरुले सर्वोच्च प्रधासनको निर्देशनको अवज्ञा गर्दै नाराबाजी गर्दै सर्वोच्च अदालतको परिसरभित्र प्रवेश गरेका छन्।

वर्तमान मन्त्रिमण्डलमा भाग खोजेको कुरा सार्वजनिक भएदेखि नै प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले आन्दोलन सुरु भएको थियो ।

न्यायाधीशरूसमेत विद्रोहमा उत्रिँदा धेरै दिनदेखि सर्वोच्च अदालतका कामरकारबाही नियमित रूपमा अघि बढ्न सकेको छैन। सर्वोच्च प्रशासनले सोमबार नेपाल बार र सर्वोच्च बारका अध्यक्षलाई फोन गरेर अदालत परिषरमा नारावाजी नगर्न र माईक प्रयोग नगर्न भनेको थियो । बारले प्रशासनको आदेशलाई आन्दोलन दवाउने प्रधानन्यायाधीशको षडयन्त्रकारुपमा लिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ०८ बजे

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु