७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

सर्वोच्च प्रशासनको निर्देशन अवज्ञा गर्दै कानुन व्यवसायीहरुकाे सर्वोच्च परिषरमा नारावाजी



काठमाडौं । सर्वोच्च अदालत प्रशासनले अदालत परिषर भित्र नाराबाजी नगर्न र माईक प्रयोग नगर्न भने पनि नेपाल बार र सर्र्वोचच बार आवद्ध वकीलहरु नाराबाजी गर्दै सर्वोच्च अदालत परिषरमा प्रवेश गरेका छन् । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएनको नेतृत्वमा सुरु भएको आन्दोलनलाई निरन्तरता दिँदै कानुन व्यवसायीहरु सर्वोच्च परिषर प्रवेश गरेका हुन् ।

आन्दोलनरत कानुन व्यवसायीहरुले सर्वोच्च प्रधासनको निर्देशनको अवज्ञा गर्दै नाराबाजी गर्दै सर्वोच्च अदालतको परिसरभित्र प्रवेश गरेका छन्।

वर्तमान मन्त्रिमण्डलमा भाग खोजेको कुरा सार्वजनिक भएदेखि नै प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले आन्दोलन सुरु भएको थियो ।

न्यायाधीशरूसमेत विद्रोहमा उत्रिँदा धेरै दिनदेखि सर्वोच्च अदालतका कामरकारबाही नियमित रूपमा अघि बढ्न सकेको छैन। सर्वोच्च प्रशासनले सोमबार नेपाल बार र सर्वोच्च बारका अध्यक्षलाई फोन गरेर अदालत परिषरमा नारावाजी नगर्न र माईक प्रयोग नगर्न भनेको थियो । बारले प्रशासनको आदेशलाई आन्दोलन दवाउने प्रधानन्यायाधीशको षडयन्त्रकारुपमा लिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ०८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल