३ फाल्गुन २०८२, आइतबार | February 16, 2026

संसदमा आफ्नो उपस्थितीले केपी ओलीको सातो गयो : माधव नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरंकुशता, सामूहिकता नभइ एकल र निरंकुशता लाद्न थालेकाले पार्टीबाट विद्रोह गरेर गठबन्धन निमार्ण गर्नु परेको बताएका हुन् ।

उनले संसद्‌मा आफ्नो उपस्थितिले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गर्दै आफु काठमाडौं काहिर गएको मौका छोपेर ओली संसदमा छिर्न सक्ने बताए । ‘ओलीतन्त्रविरुद्ध संघर्षको मैदानमा उत्रिएको, चुनौती दिइएको र उन्माद ओलीलाई सत्ताबाट तल झारिदियौँ,’ उनले भने,’यो ऐतिहासिक र साहसिक कदम हो ।’ ओली साह्रै ज्याद्रो मान्छे भएकाले सुध्रिने सम्भावना नभएको नेपालले ठोकुवा गरे ।

अध्यक्ष नेपालले एमालेले संसद्मा मर्यादाविरुद्ध काम गरिरहेको आरोप लगाउँदै आफु संसदमा नआउने र आएपनि नाराबाजी गर्दै अवरुद्ध गरिरहने प्रबृत्ति संसदीय मर्यादा विपरित भएको बताए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ४ : ३८ बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये