४ पुस २०८२, शुक्रबार | December 19, 2025

संसदमा आफ्नो उपस्थितीले केपी ओलीको सातो गयो : माधव नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरंकुशता, सामूहिकता नभइ एकल र निरंकुशता लाद्न थालेकाले पार्टीबाट विद्रोह गरेर गठबन्धन निमार्ण गर्नु परेको बताएका हुन् ।

उनले संसद्‌मा आफ्नो उपस्थितिले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गर्दै आफु काठमाडौं काहिर गएको मौका छोपेर ओली संसदमा छिर्न सक्ने बताए । ‘ओलीतन्त्रविरुद्ध संघर्षको मैदानमा उत्रिएको, चुनौती दिइएको र उन्माद ओलीलाई सत्ताबाट तल झारिदियौँ,’ उनले भने,’यो ऐतिहासिक र साहसिक कदम हो ।’ ओली साह्रै ज्याद्रो मान्छे भएकाले सुध्रिने सम्भावना नभएको नेपालले ठोकुवा गरे ।

अध्यक्ष नेपालले एमालेले संसद्मा मर्यादाविरुद्ध काम गरिरहेको आरोप लगाउँदै आफु संसदमा नआउने र आएपनि नाराबाजी गर्दै अवरुद्ध गरिरहने प्रबृत्ति संसदीय मर्यादा विपरित भएको बताए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ४ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको