२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

कालिका रनिङ शिल्डको उपाधी आयोजक कालिका मानविज्ञानलाई



बुटवल । जिल्ला स्तरीय कालिका रनिङ शिल्डको उपाधी आयोजक कालिका मानवज्ञान माबिले जित्न सफल भएको छ ।

रुपन्देही जिल्लाका विभिन्न ३१ विद्यालयका छात्रछात्राले ४८ वटा इभेन्ट्स मेडलका लागि भएको प्रतिस्पर्धामा ३ संवरण, ६ रजत र ४ कास्री सहित १३ पदक जितेर कालिका मानव ज्ञानले रनिङ शिल्ड उचाल्न सफल भएको हो । यसैगरी ३ स्वर्ण,१ रजत र ३ कास्य गरि ७ पदक सहित बुटवलको एभरेस्ट बोर्डिङ स्कुल द्वितीय र ३ संवरण, १ रजत र २ कास्य सहित ६ पदक प्राप्त गरि तिलोत्तमा नगरपालिकाको कुँवरवर्ती बोर्डिङ स्कुल तृतीय भएको छ ।

विजयी विद्यालयलाई बुधवार हुने वार्षिकोत्सब मूल समारोहमा नगद पुरस्कार र शिल्ड प्रदान गरिने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । वार्षिकोत्सब कार्यक्रम अन्तर्गत मङलबार कालिका गायन तारा र जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएका छन् ।

विद्यालयका स्थापित विभिन्न अक्षयकोषबाट ३०० विद्यार्थीलाई छात्रवृत्ति तथा भुपु शिक्षक र दीर्घसेवि शिक्षकलाई सम्मान गरिएको थियो ।

विद्यालयको सेक्टर २ रामनगरमा आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदिले बुटवललाई गुणस्तरीय शिक्षाको हब बनाउन उपमहानगरपालिकाले बुटवलमा एक विद्यालय ,एकै पाठ्यक्रम ,एकै पोशाक र सुविधाको अवधारणा अघि सारेको बताए ।

विद्यालयको ६१ औं वार्षिकोत्सब मूल समारोह पुष ७ गते हुनेछ । उक्त कार्यक्रममा कालिका रनिङ शिल्ड वितरणका साथै उत्कृष्ट शिक्षक सम्मान गरिनेछ । साथै सोही दिन रुपन्देही जिल्लामा रहि शिक्षा पत्रकारिता गर्ने २ जना पत्रकारलाई कालिका शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ६ : १३ बजे

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै