२ पुस २०८२, बुधबार | December 17, 2025

छ वर्षमा पनि बनेन हापुरखोलाको पुल



दाङ । दाङको कोठरी-डुरुवा जोड्ने हापुरखोलाको पुलको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझैसम्म निर्माण कार्य पूरा हुन सकेको छैन ।

समयमा पुल नबनेका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भएको बताइएको छ । निर्माण कार्य शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य भएका हुन् । विसं २०७२ मा सो पुलको निर्माण सम्झौता भएको थियो । निर्माण व्यवसायीको लापरवाही र पुल बन्ने स्थानमा जग्गा विवादले गर्दा पुल निमार्णको काममा ढिलाइ भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए ।

उनका अनुसार उक्त पुल निर्माणका लागि छ वर्षअघि रु १३ करोडमा सूर्य कन्ट्रक्सन निर्माण कम्पनी सुर्खेतलाई जिम्मेवारी दिएको र सो कम्पन्नीले निर्माणको काम बीचैमै छाडेर दोस्रो कम्पनीलाई निर्माण गर्न जिम्मा दिए पनि सो कम्पनी सम्पर्कविहीन भएपछि निर्माण कार्य रोकिएको छ ।

कार्यालयबाट ठेकेदारलाई सम्र्पकगरी तत्काल दुई हप्ताभित्र काम सुरु नगरेमा कम्पनीलाई कालोसूचीमा राख्ने र सूचना प्रकाशित गर्ने चेतावनीसमेत दिएको उनको भनाइ छ । प्रमुख जैसवालले जग्गाधनीले मुअब्जा खोजेकाले निर्माण कार्यमा अवरोध भएको पनि बताए । सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर तथा सूचना अधिकारी अमीर सुवेदीले हालसम्म उक्त पुलको काम ४० प्रतिशत मात्रै सम्पन्न भएको बताए । तुलसीपुर उपमहानगरपालिका-१५ का सूर्य चौधरीले पुलको अभावमा वर्षात्का समयमा वारपार गर्न निकै कठिनाइ व्यहोर्नु परेको गुनासो गरे ।

उक्त पुलको निर्माण सम्पन्न भएमा तुलसीपुर उपमहानगरपालिका-१४ र १५ का हजारौँ स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । यसअघि सडक डिभिजन कार्यालय दाङले गत आर्थिक वर्षको असार मसान्तमा काम सक्ने गरी काम अगाडि बढिरहेको बताएको थियो तर अझैसम्म उक्त पुल निमार्णको काम अलपत्र अवस्थामा नै छ ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ५ : ०३ बजे

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै