१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

सम्मेलन सुरुभएकाे १२ दिन पछि प्रदेश नम्बर १ माओवादी केन्द्रको पदाधिकारीका लागि मतदान सुरु



विराटनगर । विवादका कारण लामो समयदेखि पदाधिकारी चयन हुन नसके पछि नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । निर्वाचन समितिले बुधबार साँझ ७ बजेदेखि मतदान हुन गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको हो ।

माओवादीको प्रदेश १ कमिटीका लागि अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ भने तीन उपाध्यक्षका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन्।

अध्यक्षमा मुकसाहाङ मेन्याङ्बो, हर्कबहादुर नेम्वाङ र कुबेर श्रेष्ठले उम्मेदवारी दिएका हुन्। मेन्याङ्बो नेता वर्षमान पुननिकट मानिन्छन् भने नेम्वाङ जनार्दन शर्मा टिमका रुपमा चिनिन्छन् ।

त्यसैगरि, एक सचिवमा तीनजनाले उम्मेदवारी दर्ता गरेका छन्। तीन सहसचिवमा १४ जना र एक कोषाध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् । माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ ।

सहमतिको प्रयासका नाममा १२ दिनसम्म चुनाव नगरी बसेको माओवादीले चुनाव र मतगणना तथा शपथग्रहणसमेत बुधबार (आजै) गर्ने गरि तयारी गरेको छ ।

निर्वाचन समितिले शपथ ग्रहण राति ११ः३० बजेका लागि तोकेको छ । गत २५ मंसिरदेखि प्रदेश सम्मेलन सुरु भएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : ५२ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई