२९ मंसिर २०८२, सोमबार | December 16, 2025

दिल्लीमा ओमिक्रोनको डर, क्रिसमस र नयाँ वर्षमा पार्टी गर्न रोक



काठमाडौं । भारतको दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा कुनै पनि ठूला कार्यक्रम गर्न रोक लगाइएको छ। यस्तो रोकको निर्णय दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीले गरेको हो । कोरोना संक्रमणको बढ्दो दर र नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको अथोरिटीले जनाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म ओमिक्रोन भेरियन्टका २१३ संक्रमित फेला परेको र त्यसमध्ये धेरै ५७ जना दिल्लीमा फेला परेको जनाएको थियो ।

दिल्ली सरकारको तर्फबाट बुधबार जारी तथ्यांक अनुसार दिल्लीमा कोरोना संक्रमणका १२५ नयाँ संक्रमित थपिएका छन् । अहिले ६२४ सक्रिय संक्रमित रहेका छन् ।

केही दिन पहिला मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ओमिक्रोनसँग लड्न तयार रहेको बताएका थिए ।

अधिकारीहरुले दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा उल्सासमय ठूला कार्यक्रमहरु गर्न रोक लगाएको जनाएका छन् ।

अथोरिटीले सबै जिल्लाका अधिकारीहरुलाई आफ्नो क्षेत्रमा संक्रमण रोक्नका लागि जरुरी कदम उठाउन आदेश ददिएको छ । कसैलाई पनि विना मास्क हिँड्न र कुनै पनि क्षेत्रमा जान नदिन निर्देशन जारी गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : ४५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको