१५ माघ २०८२, बिहिबार | January 30, 2026

माओवादी केन्द्रको प्रदेश १ सम्मेलनबाट अध्यक्षमा अर्थमन्त्रीका स्वकिय सचिव हर्कबहादुर नेम्वाङ निर्वाचित



विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले प्राप्त गरेको ६४ मतका विरुद्ध १६९ मत ल्याएर विजयी भएका हुन् । पराजित भएका मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् भने विजयी भएका नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकिय सचिव हुन् ।

तीन जना उपाध्यक्षमा देवान चाम्लिङ १२०, शिवकुमार डाँगी ११३ र मणिकुमार साम्पाङ १११ मत ल्याएर विजयी भएका छन् । सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बनेका छन् ।

त्यसैगरि तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मतल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी विजयी भए । ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । ७ मत बदर भएको थियो ।

३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेकोमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बनेका छन् ।

सम्मेलनको उदघाटन भएको १२ दिन पछि मात्र प्रदेश सम्मेलनले पदाधिकारी निर्वाचित गरेको हो । विवादका कारण नेतृत्वको सर्वसम्मत चयन गर्ने प्रयास असफल भएपछि बुधवार राती मतदानबाट पदाधिकारी चुनिएका हुन् ।

 

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ९ : २८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला