४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

काम नसकिँदै भत्किन थाल्यो खजुराको कालोपत्रे, म्याद सकिएको ९ महिना पुग्दा पनि न कारवाही न म्याद थप



खजुरा । ३ पटक बिभिन्न बहाना बनाएर म्याद थप गरिसकेको ठेकेदार कम्पनीले कालोपत्रेको काम सुरु गरेपनि बाँकेको खजुरामा गरिएको कालोपत्रे १५ दिन नपुग्दै भत्किन थालेको छ । २०७४ सालमा ठेक्का सम्झौता भएको बाँकेको खजुरा खण्डको १८ सय मिटर सडक पहिलो लियर्सको कालोपत्रे सम्पन्न नहुँदै भत्किन थालेको हो ।

ठेक्का सम्झौता भएदेखि ३ पटक म्याद थप गरेपनि कछुवा गतिमा काम गरेका गजुरमुखी निर्माण कम्पनीले असोज महिना भि काम सक्ने प्रतिबद्धता व्यक्त गरेपनि पुस मसान्त सक्दा समेत काम सम्पन्न गरेको छैन । ठेक्का सम्झौता भएको ४ वर्षमा पनि खजुरा बजार क्षेत्रको १८ सय मिटर फोर लेन कालोपत्रे सहित सडक किनाराको ड्रे्नको काम सम्पन्न नगर्दा खुजुराबासी सहित बाँके बर्दिया दिनुहुँ यात्रा गर्ने यात्रीहरुले सास्ती खेप्न बाध्य छन् ।

२०७४ चैत्रमा सम्झौता भएको सो सडकको बर्दियाको गुलरियामा २२ सय मिटर र बाँकेको खजुरामा १८ सय मिटर फोर लेन सडक २०७७ चैत्र मसान्त सम्म सम्पन्न गर्नु पर्ने थियो । बाँकेको खजुरा बजारको बिचभागमा एकतर्फी ड्रेन बनाएर वर्षौदेखि अलपत्र पारिदिँदा बजार क्षेत्र नै दुर्गन्धित बन्न पुगेको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जले अनुगमन र निरिक्षण गर्ने गरि ३० करोड ३६ लाख लागत अनुमान गरिएको बर्दिया र बाँकेको गरि ४ किलोमिटर सडकलाई २१ करोड ४९ लाखमा ठेकेदार कम्पनीले गजुरमुखी निर्माण सेवाले ठेक्का कबुल गरेको थियो । सम्झौता अनुसार सडक बिचमा ग्रीन डिभाईडर र सडकको दुबै किनारमा नाली बनाउनु पर्ने थियो । तर ठेकेदार कम्पनीले खजुराको मुख्य बजारको बिचभाग सम्म नाली बनाएर काम रोकेपछि बजार क्षेत्र नै दुर्गन्धित बनेको छ ।

ठेक्का सम्झौता भन्दा अतिरिक्त काम गराइएका कारण काम सम्पन्न नगर्दै बजेट सकिएपछि नाला निर्माणको भिओ गर्न पठाईएकोमा भिओ स्विकृत भएकाले छिट्टै नाला निर्माणको पनि काम सुरु हुने खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए ।

कक्षपतिले भिओ स्विकृत भएको बताएपनि डिभिजन सडक कार्यालयले भने म्याद सकिएको ठेकेदारको भिओ नै अगाडी बढाउन नमिल्ने जनाएको छ । २०७७ चैत्र मसान्तमा म्याद सकिएको ठेक्काको म्याद थप नभएको डिभीजन सडकका डिभिजन इन्जिनीयर होमबहादुर एसीले बताए ।

डीभीएसटी प्रविधिको कालोपत्रे गरिने सडकमा पहिलो लियर्स नै बनाएको १ सातामा उक्पिएर खाल्डो परिसकेको छ । गत असार मसान्त यता भएको कामको भुक्तानी रोकेर काम सम्पन्न गर्न ठेकेदारलाई दवाव दिईएको डिभिजन प्रमुख एसीले बताए । यसअघिनै असोज मसान्त सम्म काम सम्पन्न नगरे जरिवाना गर्ने घोषणा गरेका एसीले जरिवानाका विषयमा भने कुनै कारवाही नभएको बताए ।

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ११ : ०६ बजे

पशुपतिमा एकैदिन ६ लाखभन्दा बढीले गरे दर्शन

काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा आइतबार पशुपतिनाथ मन्दिर मा भक्तजनको

मुग्लिन-मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा-मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

तुलसी घिमिरेको ‘पहाड’ वैशाख १ बाट प्रदर्शन

काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

पाकिस्तानमाथि ६१ रनको प्रभावशाली जित, भारत एक खेलअघि नै सुपर-८ मा

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण प्रतिस्पर्धामा