२२ भदौ २०८३, सोमबार | September 8, 2026

बिना पुर्वाधार राजधानी सार्न हतारिएको लुम्बिनी प्रदेश सरकारले माग्यो संघीय सरकारसँग राजधानी बनाउने बजेट



बुटवल । संघीय सरकारसँग बिना पूर्वाधार र बिना संरचना लुम्बिनी प्रदेश राजधानी सार्न हतारिएको लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माणका लागि संघीय सरकार गुहार्ने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद बैठकले राजधानीका लागि पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग बजेट माग गर्ने निर्णय गरेको हो ।

संरचनाको अभावमा जबर्जस्ती सारिएका मन्त्रालयहरुको समेत बुटवलमा मुकाम खडा गरेर चलेको अवस्थामा स्थायी राजधानी तोकिएको १ वर्ष पछि राजधानीका बनाउने जग्गा प्राप्तीका लागि संघीय सरकारलाई सिफारिस गर्ने समेत निर्णय गरेको छ । दाङको भालुवाङ क्षेत्रमा पर्ने बन क्षेत्र तथा इलाका बन लमहीको मातहतमा रहेको जग्गा प्रदेश सरकारका नाममा स्वामित्व कायम गर्न मन्त्रिपरिषदले संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राजधानीको डीपीआर तथा भौतिक संरचना निर्माणका निम्ती संघीय सरकारबाट बजेट माग गरिएको बताए । उनले राजधानी निर्माणका लागि जग्गा प्राप्तीका लागि समेत संघीय सरकारलाई सिफारिस गर्नै बैठकले निर्णय गरिएको प्रवक्ता शर्माले बताए ।

बैठकले प्रदेश सरकारले जबर्जस्ती प्रयोग गरेको राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माबी गढवाको जग्गा हस्तान्तरणका लागि संघीय सरकारलाई सिफारिस गर्नै समेत निर्णय गरेको छ । मन्त्री शर्माका अनुसार हतारमा बन्दै गरेको प्रदेशसभा भवनको पुनरसंरचना गर्न भिओ स्विकृतिका लागि विषेध टोलि गठन गर्ने समेत निर्णय बैठकले निर्णय गरेको छ । प्रदेशसभाको आउँदो हिँउदे अधिवेशन नै दाङमा गर्ने तयारीका साथ यस अघि दाङको राप्ती प्राबिधिक शिक्षालय परिषरमा प्रदेशसभा भवन बनाउन सुरु गरिएको थियो ।

बैठकले भालुवाङको स्वास्थ्य चौकीलाई ५० शैयाको अस्पताल बनाउने, प्रदेशमा दर्ता भएका रेडियो, टेलिभिजनको नबिकरण शुल्क मिनाहा गर्ने, कपिलवस्तु र नवलपरासीमा पनि यातायात व्यवस्था कार्यालय खोल्ने लगायतका निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ५ : ५६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार