१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

न्यायालयमा देखिएको समस्याको समाधान सर्वदलीय बैठकबाट खोज्नुपर्छ : महान्यायाधिवक्ता खाती



काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयमा देखिएको समस्या सर्वदलीय बैठकबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिँदा न्यायसेवामा अवरोध पुगेका बेला उनको सो धारणा सार्वजनिक भएको हो ।

महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम महान्यायाधिवक्ता खातीले अदालतबाट अहिले सेवाग्राहीले सेवा नपाएको गुनासो आइरहेको बताउँदै चाँडै समाधान खोजिनुपर्ने बताए ।

‘प्रधानन्यायाधीशको विषयमा गम्भीर प्रश्न कुरा उठेको छ । सरकारले विशेष चासो दिनुपर्नेछ । सर्वदलीय बैठक बसेर भए पनि अगाडि बढाउनुपर्नेछ,’ उनले भने, ‘लोकतन्त्र, विधिको शासन स्वच्छ न्यायपालिकाका विषयमा प्रश्न उठेका छन् । प्रधानमन्त्रीज्यूले विपक्षीसँग बसेर, सर्वदलीय बैठक राखेर निकास खोज्नुपर्छ । निकास दिनुपर्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा उनले नयाँ र परिस्कृत कानुन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ५ : ५९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम