१० भदौ २०८३, बुधबार | August 27, 2026

न्यायालयमा देखिएको समस्याको समाधान सर्वदलीय बैठकबाट खोज्नुपर्छ : महान्यायाधिवक्ता खाती



काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयमा देखिएको समस्या सर्वदलीय बैठकबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिँदा न्यायसेवामा अवरोध पुगेका बेला उनको सो धारणा सार्वजनिक भएको हो ।

महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम महान्यायाधिवक्ता खातीले अदालतबाट अहिले सेवाग्राहीले सेवा नपाएको गुनासो आइरहेको बताउँदै चाँडै समाधान खोजिनुपर्ने बताए ।

‘प्रधानन्यायाधीशको विषयमा गम्भीर प्रश्न कुरा उठेको छ । सरकारले विशेष चासो दिनुपर्नेछ । सर्वदलीय बैठक बसेर भए पनि अगाडि बढाउनुपर्नेछ,’ उनले भने, ‘लोकतन्त्र, विधिको शासन स्वच्छ न्यायपालिकाका विषयमा प्रश्न उठेका छन् । प्रधानमन्त्रीज्यूले विपक्षीसँग बसेर, सर्वदलीय बैठक राखेर निकास खोज्नुपर्छ । निकास दिनुपर्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा उनले नयाँ र परिस्कृत कानुन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ५ : ५९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट