१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

अंग्रेजी नयाँ वर्षमा आइएमईले ल्यायो उपहार, जितौँ हजारौँ हजार



काठमाडौ । आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको छ ।

स्किम अनुसार सिस्टममा आधारित ‘ लक्की ड्र ’ मार्फत ४ देशहरुवाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछ । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू. १० हजार उपहार स्वरूप प्राप्त गर्नेछन् ।

त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरु छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू. ४० हजार बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन् ।

कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न पाउनुहुनेछ । उक्त योजना २३ डिसेम्बर २०२१ देखि ४ फेब्रुअरी २०२२ (८ पुष देखि २१ माघ २०७८) सम्म गरी जम्मा ४३ दिन अर्थात ६ हप्तासम्म कायम हुनेछ ।

विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आम संचार माध्यम मार्फत सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ६ : २८ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका