८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमसीसीले गठबन्धन तोडिँदैन, चुनावसम्म कायमै रहन्छ : माधव नेपाल



बाँके । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी चुनावसम्म गठबन्धन कायम रहने बताएका छन्।

समाजवादी प्रेस सङ्ठन बाँकेले आज कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले आगामी चुनावमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकतावद्ध बनाएर लैजाने दाबी गरे ।

नेता नेपालले एमसीसीका बारेमा सत्तारूढ दल र अन्य दलसँग छलफल भइरहेको बताउँदै एमसीसीकै कारण सत्ता गठबन्धन नतोडिने उल्लेख गरे । उनले देशको हितमा हुने हरेक सम्झौतालाई समाजवादीले सहर्ष स्वीकार्ने भए पनि आर्थिक विकासको नाममा अन्यथा गर्न खोज्ने कुनै पनि परियोजना स्वीकार गर्न नसकिने बताए।

संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरुले विद्रोह गरेको जनाउँदै नेपालले नेकपा (एमाले)प्रति लक्षित गर्दै प्रतिगामीलाई सफल हुन नदिने दाबीसमेत गरे । नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति जनलहर बढ्दै गएको दावी गर्दै नेपाली जनताको विश्वास जित्न आफ्ु लागेको उनको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) पार्टीका काम व्यवस्थित गर्दै पालिका तथा जिल्लामा कमिटी गठन भइरहेको चर्चा गर्दै उनले आगामी चुनावमा आफूले विजय प्राप्त गर्ने गरी काम गरेको बताए ।

त्यस अवसरमा एमाले बाँकेका उपसचिव प्रमोद धिताल एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । अध्यक्ष नेपालले धिताललाई पार्टी प्रवेश गराए ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ८ : २० बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ