१० बैशाख २०८३, बिहिबार | April 23, 2026

पर्यटन प्रवर्द्धन गर्न कटारीको मर्जितपुरमा प्याराग्लाइडिङ



उदयपुर । उदयपुरको कटारी नगरपालिकाले साहसिक पर्यटन खेलका निम्ति परिक्षण उडान गरेको छ । कटारी नगरपालिका-७ मर्जेतपुर गडिकोट डाँडाबाट प्याराग्लाईडिङ, जिपलाइन, रक क्ल्याम्बिङ साहसिक खेलको परीक्षण गरिएको हो ।

आन्तरिक तथा वाह्र्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका-७ मर्जेतपुर गडिकोटमा प्याराग्लाईडिङ, जिपलाइन र रक क्ल्याम्बिङको परीक्षण गरिएको हो ।

स्थानीय गडिकोट पर्यटन व्यवस्थापन समिति कटारीले ७ गडिकोटले स्थानीय स्तरमा पर्यटकीय विकास गर्ने उद्देश्यले प्याराग्लाईडिङ, जिपलाइन र रक क्ल्याम्बिङ सुरु गरेको हो ।

कटारी बजारबाट ९ किलोमिटरको दुरीमा रहेको मर्जेतपुर गडिकोट डाँडा प्याराग्लाईडिङ, जिप लाईन, रक क्ल्याम्बिङ साहसिक खेलको निम्ति उपयुक्त स्थान रहेको छ ।

कटारी बजारबाट ९ किलोमिटर कच्ची सडकबाट पुग्न सकिने मर्जेतपुर गडिकोट डाँडामा प्राविधिक हिसाबले सबै मौसममा प्याराग्लाइडिङ, जिपलाइन, रक क्ल्याम्बिङ जस्ता साहसिक खेलको उडान भर्न सकिने प्याराग्लाडिङका क्यापटेन दिलकुमार सुनुवारले बताए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ३७ बजे

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न वीरगञ्ज महानगरको अनुरोध

वीरगञ्ज । वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको

कांग्रेस संसदीय दलको विधान पारित, नेता चयनका लागि भोलि निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा

सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन

काठमाडौं । अवदेखि देशभरका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी कार्यान्वयन हुने