१३ श्रावण २०८३, बुधबार | July 29, 2026

ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्न राष्ट्रपति भण्डारीको आग्रह



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा निहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्वद्ध सबैमा आग्रह गरेकी छन् ।

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले कानुनी र नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार र उनीहरूको सहज जीवनयापनका लागि ठोस पहल गर्न सबैमा आग्रह गरेकी छन् ।

नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने नेपाल सरकारको निर्णयबमोजिम यस वर्षदेखि ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन लागिएको हो। ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संवद्र्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।

ज्येष्ठ नागरिकलाई घर, परिवार एवं समाजबाट आदर, सम्मान र संरक्षण सुनिश्चित गर्न सके मात्र यो नारा सार्थक हुनसक्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

‘जीवनको उर्बर समय परिवारको लालनपालनका साथै समाज र राष्ट्रको सेवामा समर्पित भई अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र अनुभवका खानीसमेत हुन्,’ सन्देशमा उनले भनेकी छन्, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायू तथा मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न यो दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उनको विश्वास छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : ५० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद