१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

मौसम जानकारी : नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्यो, पहाडमा वर्षासहित हिमपात



काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार उक्त प्रभावले देशका विभिन्न भागमा वर्षा र हिमपात हुँदा चिसो बढेको हो ।

पहाडी भूभागमा वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

दिउँसो देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेश का एक/दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले पहाडी र हिमाली भेगमा वर्षासहित हिमपात भइरहेको र तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अपिलसमेत गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : ५७ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर