४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

चार ‘ब’ बाहिरिँदा दाहालको एकछत्र



काठमाडौं । सशस्त्र युद्धताका प्रचण्ड मातहत चार ‘ब’ शक्तिशाली थिए-बाबुराम, वैद्य, बादल र विप्लव । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दाहिने-देब्रे हात मात्र होइन, बलिया साथ थिए उनीहरू ।

माओवादी शान्ति प्रक्रियामा आएपछि क्रमशः सत्ता र शक्तिको खेलमा जेलिँदै गयो । पार्टी र अवसरमा दाहालको एकछत्र चल्दै गयो । दाहालको दबदबाबाट बिरक्तिएका चारै ‘ब’ ले क्रमशः पार्टी छाडे । चुनौती दिनेले मैदान खालि गरेपछि दाहालसामु नेतृत्वको प्रश्न उठाउने हैसियतको कोही रहेन ।

फलतः आठौं राष्ट्रिय महाधिवेशन उद्घाटनसत्रका निर्विकल्प नायक देखिए, प्रचण्ड । उनको वरिपरि न वैद्य थिए, न त डा. भट्टराई नै । नेत्रविक्रम चन्द (विप्लव) झन् टाँसिएर रहने कुरै भएन । २०५२ सालमा सशस्त्र आन्दोलनमा सँगै होमिएका र युद्धमा सैन्य कमान्ड गरेका रामबहादुर थापा (बादल) पनि साथमा रहेनन् । उसकालका सहयोद्धा टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पनि अन्यत्रै गइसके । २०६५ मा पार्टी एकताबाट आएका नारायणकाजी श्रेष्ठ मात्र दाहाल छेउको सोफामा थिए । ‘प्रचण्डलाई पैसा, पद र परिवार बाहेक अरू केही नचाहिने भएपछि इमान्दार नेताहरू सबैले छोड्दै गएका हुन्,’ रायमाझीले अन्नपूर्णसँग भने,‘ विचार, सिद्धान्त, आन्दोलन केही नभएपछि त्यहाँ बस्नुको औचित्य देखिएन ।’

विगतमा कुनै बेला वैद्य त कुनै बेला डा. भट्टराई नेतृत्व परिवर्तनका सबाल उठाउँथे । उनीहरूले दाहालबाट नेतृत्व भने कहिल्यै उम्काउन सकेनन् । पछि दाहाललाई चुनौती दिने नेताका रूपमा नेत्रविक्रम चन्द विप्लवलाई हेरिन्थ्यो । उनले पनि वैद्यसँगै पार्टी विभाजन गरेर छुट्टै पार्टी गठन गरे । आठौं राष्ट्रिय महाधिवेशनमा दाहालले नेतृत्वका लागि कसैसँग चुनौतीको सामना नै गर्नु नपर्ने निश्चित छ । केही नेताहरूले छोड्दैमा प्रचण्ड कमजोर नहुने तर्क गर्छन्, माओवादी नेता दीनानाथ शर्मा । आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ७ : ३० बजे

मोक्षधामको दर्शनपछि चुन्नप्रसाद पौडेलद्वारा घरदैलो अभियान सुरु

बुटवल । नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट

खुल्यो तुम्लिङटार विमानस्थल

सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली सहित एकजना पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका