१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल भइरहेको हो ।

समूहमा अध्यक्ष प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनबाट छलफल थालिएको छ । आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार प्रचण्ड र गुरुङले पेस गरेको प्रतिवेदनमाथि मंगलबारबाट समूहगत छलफल सुरु भएको हो ।

समूहका नेताले बुधबार बिहान ११ बजेसम्ममा समूहको निष्कर्ष दिनुपर्नेछ । बिहीबारसम्म चल्ने भनिएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति सदस्य चयन गर्नेछ ।

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १ : ३५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज