४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल भइरहेको हो ।

समूहमा अध्यक्ष प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनबाट छलफल थालिएको छ । आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार प्रचण्ड र गुरुङले पेस गरेको प्रतिवेदनमाथि मंगलबारबाट समूहगत छलफल सुरु भएको हो ।

समूहका नेताले बुधबार बिहान ११ बजेसम्ममा समूहको निष्कर्ष दिनुपर्नेछ । बिहीबारसम्म चल्ने भनिएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति सदस्य चयन गर्नेछ ।

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १ : ३५ बजे

मोक्षधामको दर्शनपछि चुन्नप्रसाद पौडेलद्वारा घरदैलो अभियान सुरु

बुटवल । नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट

खुल्यो तुम्लिङटार विमानस्थल

सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली सहित एकजना पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका