१० बैशाख २०८३, बिहिबार | April 23, 2026

घरकै धारा पानी आउँदा स्थानीय महिला खुसी



गुल्मी । इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको जुकेपानी–बजाउने डाडा-बनगाउँ लिफ्ट खानेपानी योजनाको उद्घाटन गरिएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण बिष्टले खानेपानी आयोजनाको उद्घाटन गर्दै पानी बोक्दा आङ खस्ने महिलालालाई घर छेउमा पानी खस्दाको खुसी पुरुषलाई कम महसुस हुने बताए ।

‘एक घर एक’ धारा अभियानमार्फत खानेपानी समस्या समाधान गर्ने उद्देश्यले गाउँपालिकाले खानेपानी योजना सञ्चालन गरेको थियो । खानेपानी योजना पुस २०७६ मा सम्झौता भएर चैत २०७७ मा सम्पन्न भएको थियो । ६४ लाखभन्दा बढी लागतमा सो आयोजना सम्पन्न भएको बताइएको छ ।

खानेपानी योजनामार्फत ३०० घरधुरी लाभान्वित हुने योजना अध्यक्ष लिल बहादुर बिष्टले जानकारी दिए । अहिले ६८ घर र एक विद्यालयमा एक घर एक धारा पुगेको छ । जुकेपानी-बजाउने डाडा-बनगाउँ लिफ्ट खानेपानी योजनाका उपभोक्ता रामबहादुर बिष्टले जुग फेरिए जस्तै महसुस भएको बताए ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ४ : ०० बजे

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना

उद्योगी शेखर गोल्छा पक्राउ

काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। काठमाडौं जिल्ला

हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग

काठमाडौं । हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिकसत्रको

राष्ट्रपतिद्वारा संसद अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन स्थगित

माछापुच्छ्रे बैंकले बिस्तार गर्यो एम बि एल आइटी कर्जा सेवा

काठमाडौ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंक