१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : एमाले उपमहासचिव गुरुङ



लुम्बिनी । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिष्पर्धा गर्न नसक्ने बताएका छन् ।

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा संबोधन गर्दै उनले अन्य दल विचार बिहीन रहेको टिप्पणी गरे । उपमहासचिव गुरुङले एमालेको विचारसँग प्रतिष्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गरे । उनले माओवादी केन्द्रले एमालेको नक्कल गरेर महाधिवेशन गरिरहेको र विचारमा पनि एमालेकै नक्कल गरेको भन्दै अरुको नक्कल गरेको पार्टी धेरै दिन नटिक्ने बताए ।

उनले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेकाे बताए । एमालेलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउनु मुख्य चुनौती रहेको गुरुङको भनाई छ ।

पार्टीलाई नयाँ उचाईमा पुर्याउन दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नैपर्ने उनले बताए । बैठकलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले पार्टी दशौ राष्ट्रिय महाधिवेशनपछि एकढिक्का भएर अगाडि बढेको बताए । उनले पार्टीलाई अझ बलियो बनाउन प्रेस चौतारीको भूमिका महत्वपूर्ण रहने बताए । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सत्ता स्वार्थमा बनेको पाँच दलीय गठबन्धन धेरै दिन नटिक्ने बताए ।

बैठकलाई एमाले पोलिटब्यूरो सदस्य सूर्य थापा, प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, महासचिव राजेश राई, प्रेस चौतारीका रुपन्देही इन्चार्ज प्रदीप आचार्य लगायतले पनि संबोधन गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ४ : ३२ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै