४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

माओवादीको बन्दसत्रको दोस्रो दिन के-के भयो ?



काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र दोस्रो दिन मंगलबार पनि जारी रह्यो । बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक दस्ताबेज प्रस्तुत गरेका थिए ।

मंगलबार भने प्रचण्डले प्रस्तुत गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको दस्ताबेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि दिनभर समूहगत छलफल भयो । समूहगत छलफलका लागि सोमबार २५ वटा समूह गठन गरिएको थियो ।

अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् । बाँकी समूहले बुधबार अपराह्न १२ बजेभित्र छलफल सक्नेछन् । समूहगत छलफलका लागि मंगलबार दिनभर समय दिइएकोमा बुधबार अपराह्न १२ बजेसम्मको समय थप गरिएको छ ।

समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्ताबेजमाथि समर्थन जनाउँदै विभिन्न सुझाव राखेका छन् ।

बुधबार अपराह्न १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : ४० बजे

मोक्षधामको दर्शनपछि चुन्नप्रसाद पौडेलद्वारा घरदैलो अभियान सुरु

बुटवल । नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट

खुल्यो तुम्लिङटार विमानस्थल

सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली सहित एकजना पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका