४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

महोत्तरीका मुसहर समुदाय अझै कोरोना खोपबाट वञ्चित



महोत्तरी । महोत्तरीका मुसहर समुदायले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले कोरोना रोकथामका लागि खोप अभियान तीव्र बनाए पनि पर्याप्त प्रचारप्रसारको कमीले मुसहर समुदाय खोप लगाउनबाट वञ्चित भएका हुन् ।

`खोप अभियान कहाँ चलाइएको छ भन्नेसम्मको जानकारी नहुँदा हाम्रो समुदाय खोप लगाउनवाट वञ्चित बनिरहेको छ,´ सुनिल सदाले भने ।

अनुकूल भएसम्म बस्तीमै पुगेर खोप अभियान चलाइदिन पनि मुसहर समुदायको अपिल छ । जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको बर्दिबासस्थित नमुना बस्तीमा बसोबास गर्ने मुसहरहरूले अहिलेसम्म काेभिडविरुद्धकाे खोप लगाउन पाएका छैनन । बर्दिबासमा १५२ घरधुरी बसोबास गर्दै आएका छन् ।

स्वास्थ्यचौकी नजिक हुनेहरूले खोप लगाए पनि प्राय: मुसहरहरूले खोप लगाउन नसकेको बताएका छन् । पछिल्लो समय माेडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहलाई विद्यालयमै पुगेर लगाउन अनिवार्य गरिएको छ । तर विद्यालयमा समेत नियमित उपस्थित हुन नसक्ने मुसहर समुदायका बालबालिकाहरू माेडर्ना खोप लिनबाट वञ्चित बनेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

जीविकोपार्जनका लागि दैनिक मजदुरी गर्नैपर्ने बाध्यताले कहिलेकाहीँ छोराछोरीसमेत विद्यालय जाँदैनन्। `विद्यालय नगएकै बेला खोप लगाएछन्, तर हाम्रा छोरीछोरीले लगाएका छैनन,´ सुनिल सदाले भने ।

अहिलेसम्म जिल्लाको १५ वटै स्थानिय तहमा झन्डै ५४ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् । तर मुसहर बस्तीका मुसहरहरूले खोप लगाउन पाएका छैनन् । मुसहर समुदायका लागि बस्तीमै पुगेर खोप अभियान चलाउन स्थानीयको माग छ । `उनीहरूसँग सूचनाका लागी घरमा न रेडियो छ न त टेलिभिजन नै, सूचना नै टाँसेको भए पनि पढ्न लेख्न सक्दैनन्, त्यसैले बस्तीमै पुगेर कोरोना खोप लगाउन समबन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ,´ बर्दिबासका स्थानीय रुद्र थापाले भने ।

बर्दिबास नगरपालिकाले एक वडा एक स्वास्थ्यकर्मी परिचालन गरेको छ । सर्वसाधारणहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिएको नगरपालिकाले जनाएको छ । नगरभरिका सर्वसाधारणहरूको स्वास्थ्य अवस्थबारे जानकारी लिएर आवश्यक उपचारका लागि योजना बनाउने कार्यकारी प्रमुख रेवतीप्रसाद पराजुलीले जानकारी दिए । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलिएसँगै नगरले सतर्कता अपनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ४३ बजे

एजाज आलमको उम्मेदवारीले मुस्लिम समुदायमा प्रतिनिधित्वको आशा जगायो

बुटवल । बुटवलका मुस्लिम अगुवाहरुले मुस्लिम समुदायबाट पनि प्रतिनिधिसभा निर्वाचनका

रुपन्देहीमा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान सक्रिय

बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा चुनावी अभियानलाई तीव्रता दिएको छ

ज्योतिष नबनौं, हल्लाको पछि नलागौं

बुटवल । ‘चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल

१३-औं ‘दीप गायन तारा’ को उपाधि साकार शाहीलाई

बुटवल । बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित १३-औं संस्करणको

मोक्षधामको दर्शनपछि चुन्नप्रसाद पौडेलद्वारा घरदैलो अभियान सुरु

बुटवल । नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा