७ आश्विन २०८३, बुधबार | September 23, 2026

कृषकको चिन्ता : हिउँदे वर्षाले उत्पादनमा असर नगरोस्



कपिलवस्तु । आकाशमा कालो र सेतो बादल मडारिएको छ । बुधवार बिहान देखी पानी बर्सिएको छ । अझै कति समय सम्म पानी पर्छ, किसानको ध्यान मोडिएको छ । ‘बुधबार दिउँसोसम्म पानी परेको छ । खेतबारी भिजेका छन् । अहिलेसम्मको खासै समस्या देखिएको छैन । सिँचाइ नहुने खेतका गहुँको बोटको लागि वर्षा वरदान हुने देखिन्छ । तर, निरन्तर भयो भने समस्या हुन्छ । राति पानी नपरोस् भन्दै कामना गरेका छौँ,’ कपिलवस्तु बुद्धभूमी नगरपालिका ५ गिदहवाका कृषक रिजवान गद्धी भन्छन् ।

पश्चिमी वायुको प्रभावले भएको हिउँदे वर्षा कति बेला रोकिने हो ? कृषकको चिन्ताको विषय बनेको छ । ‘मौसम चाडै खुल्नुपर्छ । सामान्य वर्षा भएको कारण हाल सम्म कुनै क्षति छैन । तर, रात भरी पानी पर्‍यो भने बाली बिगार्ने सम्भावना धेरै हुन्छ । मौसम चाडै खुलोस् । अत्यधिक वर्षा भएर खेतबारीमा पानी जम्यो भने कृषि उत्पादनमा ठूलो क्षति पुग्छ । जमिनमा चिस्यान रहेमा सबै उत्पादन प्रभावित हुन्छ,’ कपिलवस्तु बुद्धभूमि १० का तरकारी उत्पादक कृषक कृष्ण मोहन केवट भन्छन् ।

यती बेला कृषकले खेतबारीमा गहुँ, तोरी, केराउ, मुसुरोको खेती गरिएका छन् । तोरीमा फूल फुल्ने र फल लाग्ने समय रहेको छ । गहुँको बोट हुर्किने अवस्थामा रहेका छन् । काउली, ब्रोकाउली, बन्दा, टमाटर, सिमी, मुला, आलु लगायतका तरकारी उत्पादन भई बिक्री हुने समय रहेको छ । वर्षात धेरै भएमा चिस्यान हुँदा बोट बिरुवा र उत्पादनमा प्रत्यक्ष असर पुराउँछ । यहाँ टनेल प्रविधिबाट खेती गर्ने प्रचलन नभएको हुँदा मौसम प्रतिकुल हुँदा कृषकहरू ठूलो क्षति बेहोर्दै आएका छन् ।

तुसारो परेमा चिसो धेरै हुने र डढुवा तथा पाला लाग्ने जस्ता समस्या देखिने कृषि प्राविधिक इन्द्रेसकुमार चौधरीले बताए । मौसम परिवर्तन हुँदा मानिसहरू बिरामी हुने जस्तै बोट बिरुवामा पनि रोग देखापर्छ । समय मै उपचार गर्न नसके बोट बिरुवा, जरा, फल र फूललाई हानी पुर्‍याउँछ ।

कृषकले उत्पादन बिक्री गर्ने समयमा क्षति हुँदा त्यसको भार उपभोक्तामा पर्ने गर्दछ । न्यून उत्पादनका कारण उपभोक्ताहरूले महँगोमा मूल्यमा कृषि जन्य उत्पादन खरिद गर्नु पर्ने अवस्था आउने देखिन्छ । अत्यधिक चिसोको कारणले पशु तथा पन्छी उत्पादनमा समेत प्रभाव पार्न सक्ने कृषि प्राविधिक चौधरी भन्छन् ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : ३७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई