२२ बैशाख २०८१, शनिबार | May 4, 2024

कृषकको चिन्ता : हिउँदे वर्षाले उत्पादनमा असर नगरोस्



कपिलवस्तु । आकाशमा कालो र सेतो बादल मडारिएको छ । बुधवार बिहान देखी पानी बर्सिएको छ । अझै कति समय सम्म पानी पर्छ, किसानको ध्यान मोडिएको छ । ‘बुधबार दिउँसोसम्म पानी परेको छ । खेतबारी भिजेका छन् । अहिलेसम्मको खासै समस्या देखिएको छैन । सिँचाइ नहुने खेतका गहुँको बोटको लागि वर्षा वरदान हुने देखिन्छ । तर, निरन्तर भयो भने समस्या हुन्छ । राति पानी नपरोस् भन्दै कामना गरेका छौँ,’ कपिलवस्तु बुद्धभूमी नगरपालिका ५ गिदहवाका कृषक रिजवान गद्धी भन्छन् ।

पश्चिमी वायुको प्रभावले भएको हिउँदे वर्षा कति बेला रोकिने हो ? कृषकको चिन्ताको विषय बनेको छ । ‘मौसम चाडै खुल्नुपर्छ । सामान्य वर्षा भएको कारण हाल सम्म कुनै क्षति छैन । तर, रात भरी पानी पर्‍यो भने बाली बिगार्ने सम्भावना धेरै हुन्छ । मौसम चाडै खुलोस् । अत्यधिक वर्षा भएर खेतबारीमा पानी जम्यो भने कृषि उत्पादनमा ठूलो क्षति पुग्छ । जमिनमा चिस्यान रहेमा सबै उत्पादन प्रभावित हुन्छ,’ कपिलवस्तु बुद्धभूमि १० का तरकारी उत्पादक कृषक कृष्ण मोहन केवट भन्छन् ।

यती बेला कृषकले खेतबारीमा गहुँ, तोरी, केराउ, मुसुरोको खेती गरिएका छन् । तोरीमा फूल फुल्ने र फल लाग्ने समय रहेको छ । गहुँको बोट हुर्किने अवस्थामा रहेका छन् । काउली, ब्रोकाउली, बन्दा, टमाटर, सिमी, मुला, आलु लगायतका तरकारी उत्पादन भई बिक्री हुने समय रहेको छ । वर्षात धेरै भएमा चिस्यान हुँदा बोट बिरुवा र उत्पादनमा प्रत्यक्ष असर पुराउँछ । यहाँ टनेल प्रविधिबाट खेती गर्ने प्रचलन नभएको हुँदा मौसम प्रतिकुल हुँदा कृषकहरू ठूलो क्षति बेहोर्दै आएका छन् ।

तुसारो परेमा चिसो धेरै हुने र डढुवा तथा पाला लाग्ने जस्ता समस्या देखिने कृषि प्राविधिक इन्द्रेसकुमार चौधरीले बताए । मौसम परिवर्तन हुँदा मानिसहरू बिरामी हुने जस्तै बोट बिरुवामा पनि रोग देखापर्छ । समय मै उपचार गर्न नसके बोट बिरुवा, जरा, फल र फूललाई हानी पुर्‍याउँछ ।

कृषकले उत्पादन बिक्री गर्ने समयमा क्षति हुँदा त्यसको भार उपभोक्तामा पर्ने गर्दछ । न्यून उत्पादनका कारण उपभोक्ताहरूले महँगोमा मूल्यमा कृषि जन्य उत्पादन खरिद गर्नु पर्ने अवस्था आउने देखिन्छ । अत्यधिक चिसोको कारणले पशु तथा पन्छी उत्पादनमा समेत प्रभाव पार्न सक्ने कृषि प्राविधिक चौधरी भन्छन् ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : ३७ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा