१ पुस २०८२, मंगलबार | December 16, 2025

डब्लूएचओकाे चेतावनी- ‘कोभिडको नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउँदैछ’



न्युयोर्क । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले चेतावनी दिएको छ ।

युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सो चेतावनी दिएका हुन् ।

‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन भने स्वास्थ्यकर्मीमा चाप थपेको छ । कोभिडका नयाँ संक्रमणल संक्रमितको सुनामी ल्याउनेछ,’ डा। गेहब्रेयससले भने ।

डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन् ।संक्रमण फैलिएपछि विभिन्न देशहरुले बुस्टर डोज दिन सुरु गरेका छन् । युरोपका विभिन्न देशहरुमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् ।

फ्रान्स र बेलायतमा अप्रत्यासित रुपमा दैनिक संक्रमितहरुको संख्या बढिरहेको छ । छिमेकी मुलुक भारतमा राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्रीकालीन कफ्र्यू घोषणा गरिएका छन् । एजेन्जी

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ८ : ४० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज