२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्ज बिमानस्थल नजिकैबाट १ केजी सुन सहित २ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जको राँझा विमानस्थल नजिकैबाट १ केजी सुन सहित २ जना पक्राउ गरेको छ । बुधबार राती बिमानस्थल नजिकै राँझाबाट १ केजी (१ थान बिस्कुट) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बाँकेको राँझा बिमानस्थलको नजिकैको राँझा चौकमा सुनको कारोबार भईरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलिले जाजरकोट बारेकोट ६ बस्ने २२ वर्षिय राजु कार्की र सोही पालिका ८ का २९ वर्षिय पुर्ण बहादुर बि.कबाट सो सुन बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट १ किलो तौल भएको एक थान बिस्कुट, २ लाख ७७ हजार नगद तथा ४ लाखको बैंक चेक बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी निरिक्षक खेमबहादुर घर्तिमगरले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक मगरले बताए ।

 

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १ : ०८ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले