१ पुस २०८२, मंगलबार | December 16, 2025

गान्धीलाई गाली गर्ने र गोड्सेलाई स्यालुट ठोक्ने कालीचरणविरुद्ध मुद्दा



नयाँ दिल्ली । भारतमा महात्मा गान्धीको अपमान गर्ने र उनका हत्यारा नाथुराम गोड्सेको प्रशंसा गरेको आरोपमा पक्राउ परेका एक हिन्दुवादी नेतामाथि प्रहरी मुद्दा चलाएको छ । सन्त कालीचरण महाराजलाई बिहीबार चलाएको हो ।

अभिव्यक्तिमार्फत समुदायहरुबीच दश्मनी प्रबर्द्धन गरेको कालीचरणमाथि आरोप लागेको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कालीचरणले भनेका छन्, ‘मोहनदास करमचन्द गान्धीले देश ध्वस्त पारेका थिए । गान्धीका हत्यारा नाथुराम गोड्सेलाई स्यालुट छ ।’

रायपुरमा धर्म ससंदलाई सम्बोधन गर्दै उनले मुस्लिमहरूलाई पनि होच्याएका थिए । मुस्लिमको उद्देश्य राजनीतिमार्फत देश कब्जा गर्नु भएको उनको भनाइ थियो । हिन्दु धर्म रक्षाका लागि कट्टर हिन्दुवादी नेताहरूलाई निर्वाचित गर्न उनले माग गरेका थिए ।

यसैबीच, महाराष्ट्रमा सत्तारुढ कंग्रेसको राज्य एकाइका अध्यक्ष मोहन मार्कमले कालीचरणलाई राज्यद्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ३ : २० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज