७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

थप सुबिधा सम्पन्न स्तरउन्नती सहित ५७ करोड लगानीमा ड्राइभरटोलको द एसआर होटल सञ्चालनमा



बुटवल । तिलोत्तमा नगरपालिका–१ ड्राइभरटोलमा सेवा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ‘सम्भव छ आफ्नै भुमीमा’ भन्ने मूल नाराका साथ सुविधासम्पन्न होटल सञ्चालन गर्ने लक्ष्यसहित ड्राइभरटोलमा रु ५७ करोड लगानीमा द एसआर होटल एण्ड इभेन्ट्स पा.लि सञ्चालन मा आएको हो ।

हस्पिटालिटी सेवामा समाजका विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठीत युवकहरुको संयुक्त लगानीमा १२ कठ्ठा जग्गामा नेपाली पन झल्किने गरी बनेकोे होटलको बिहीबार संक्षिप्त कार्यक्रमकाबीच सेवा शुभारम्भ गरिएको छ । सेवा सञ्चालनको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा होटलका अध्यक्ष होमकान्त बस्याल (शंकर) ले होटलको औपचारीक रुपमा शुभारम्भ भएको जानकारी दिए । उनले होटलको गुणस्तर तथा सुविधा र सेवा विस्तारका काम पनि जारी रहने बताए ।

नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै त्यसमा पनि मुलुककै केन्द्रमा पर्ने रुपन्देहीमा पर्यटनको ठूलो सम्भाव्यता अध्ययनपछि होटल सञ्चालनमा ल्याइएको अध्यक्ष बस्यालले बताए । भारतीय सिमासँग जोडिएकोले भारत तथा तेस्रो मुलुकका पर्यटकहरुलाई आकर्षित गर्नसके पर्यटन पर्वदनका माध्यमबाट मुलुकको आर्थिक बिकासमा लुम्बिनी प्रदेशले उल्लेख्य टेवा पुर्याउने उनको भनाई छ ।

सरकारसँग सहकार्य गर्दै होटलमा आउने पाहुनाहरुलाई नजिकका धार्मीक तथा पर्यटकीय स्थलहरुमा घुमाउने तयारी रहेको बस्यालले जानकारी दिए । बस्यालका अनुसार रुपन्देहीमा पहिलोपटक स्वायल टेस्टिङ गरि निर्माण गरिएको भुकम्प प्रतिरोधी होटलको ग्राउण्ड फ्लोरमा जम्वालय फाइन डाइनिङ रेष्टुरेन्ट रहेको छ । जहाँ एकैपटकमा ५० जना भन्दा धेरैलाई सेवा दिन सकिन्छ । जम्वालयसँगै तीनवटा जलापिनो प्राइभेट डाइनिङ क्याविन रहेका छन् । त्यस सँगै रहेको कफी बारमा गुल्मीको अर्गानिक कफी विन्सको स्वाद लिन पाइनेछ ।

होटलमा एउटा आरामदायी वातानुकुलीत प्रेसिडन्टल स्वीट रुम, दुईवटा स्वीट रुम, तीन वटा सुपर लग्जरी डिलक्स रुम, १८ वटा सुपर डिलक्स रुम, ८ वटा डिलक्स गरी जम्मा ३२ वटा कोठा रहेका छन् । होटलको पाँचौ तलामा स्वदेशी तथा विदेसी परिकार पेयपदार्थ सँगै औपचारीक कार्यक्रम गर्न मिल्ने वातानुकुलीत कन्फ्रेन्स हल समेत रहेको छ भने, छैटौं तलामा ओपनरुफटप रहेको छ । जहाँबाट तिलात्तमा र बुटवल लगायतको आकर्षक हरीयालि शहर सहित रुपन्देही, पाल्पा, नवलपरासीका मनमोहक चुरे पहाडसँगै लुम्बिनी, भैरहवा, गौतमबुद्ध विमानस्थल तथा दक्षीणी भेगमा भारतको नौतनुवासम्म अवलोकन गर्न सकिन्छ ।

होटलमा स्विमिङ पुल, जिम, स्पाको समेत तयारी भइरहेको बस्यालले जानकारी दिए । यसका साथै ५ वर्ष भित्रमा होटलको सेवालाई एकसय वेडभन्दा बढी क्षमतामा विस्तार गर्ने र दश वर्षमा देशका सातै प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र शहरहरुमा होटलका कम्तीमा ७ वटा शाखा विस्तार गर्ने लक्ष्य राखिएको उनले बताए ।

होटलको शुभारम्भ सँगै जम्वालया रेष्टुरेन्टमा सुरुका १५ दिनलाई होटलमा आउने पाहुनाहरुलाई ४० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । कार्यक्रममा होटलका संस्थापक अध्यक्ष मधुकर शर्मा, सञ्चालक सदस्य टेकनाथ बस्याल, पशुपति प्रधान, निश्चल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ९ : ०६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल