२९ मंसिर २०८२, सोमबार | December 15, 2025

माघ २२ देखी लाफा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ हुदै



बुटवल । लाफा समुह बुटवलको आयोजनामा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ ।

समुहको आयोजनामा माघको २२ र २३ गते २ दिने बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मकवानपुर, कास्की, दाड, लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए । यस वर्ष १ सय १६५ बढी टिम सहभागि हुने थापाले बताए ।

खुलातर्फ ११५ तथा भेट्रान्स तर्फ ५० बढी टिमको सहभागीता रहने प्रतियोगितामा खुला तर्फका विजेताले ३५ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी तथा उदयमान खेलाडीलाइ विशेष पुरस्कारको व्यवस्था गरीएको समुहका संरक्षक बासुदेब लामिछाने मगरले जानकारी दिए ।

त्यस्तै भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ २५ सय प्रवेश शुल्क र भेट्रान्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको लामिछानेले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयां खर्च अनुमान गरिएको समुहका अध्यक्ष तारा रेश्मीमगर बताए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागिएको उनले बताए । लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको व्याडमिन्टन प्रतियोगिता गर्दै आएको समुहले यस वर्ष स्थानिय स्तरका खेलाडी उत्पादन गर्नको लागि बि लेभलको प्रतियोगिता आयोजना गर्न लागेको रेश्मी बताए । यस प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकाशमा समेत टेवा पुग्ने उनले बताए ।

समुहले सामाजिक उत्तरदायीत्व अन्तरगत एम्बुलेन्स खरिद, अनाथ/वृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानका साथै ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आएको छ । समुहले भदौ महिनामा बि लेभल भलिबल प्रतियोगिता सम्पन्न गरीसकेको छ ।

पटक पटक पनि स्थानीय तहसगँ हल निमार्णको लागि जग्गा उपलब्ध गराउन आग्रह गरेपनि जग्गा नपाउदाँ  निजि कवर्डहल लिजमा लिएर चलाउनुपर्ने बाध्यता रहेको समुहका पूर्व अध्यक्ष केशब रानाले गूनासो गरे । समुहमा हाल १७५ भन्दा बढि सदस्यहरुले दैनिक रुपमा व्याडमिन्टन खेल्दै आएका छन ।

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  २ : २५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार