१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

युवा पलायन भएपछि एमालेले बनायो महांकाल-उपत्यका सम्पर्क कमिटी



ललितपुर । ललितपुरबाट युवा काठमाडौं सहर पलायन भएपछि नेकपा एमाले ललितपुरले उपत्यका सम्पर्क कमिटी बनाएको छ ।

एमाले स्थायी कमिटी सदस्य सुशीला नेपालले दक्षिण ललितपुरमा बसोबास गर्ने बासिन्दाको काठमाडौं उपत्यकामा बाहुल्य भएपछि पार्टीलाई थप मजबुत बनाउन सम्पर्क कमिटी बनाउन जरुरी परेको बताइन् । उनले भनिन्, ‘गाउँका युवा सबैजसो सहरमा छन् । उनीहरुलाई सम्पर्क कमिटीमार्फत संगठित गर्नसके पार्टी थप मजबुत हुन्छ ।’

दक्षिण ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले आफ्नो घर करेसामा सडक पुगेपछि त्यही बाटो हुँदै झिटी बोकेर गाउँपालिकाबाट बसाइँ सर्ने क्रम बढेको बताए । उनले भने, ‘यहाँ सहरको सबै सुविधा छ, गाउँमै क्याम्पस बोर्डिङ स्कूल छ । तर कोही बस्न मान्दैन ।’

दक्षिण ललितपुरका २५ सय घरमध्ये सबै जसो घरमा पानीको धारा पुगेको, सबै घरमा विजुली बत्ती पुगेको र गाँउपालिकाले सित्तैमा इन्डिक्सन चुह्लो बाँडेको बताए । उनका अनुसार गाउँमा रोजगारी अवसर र सुविधा सबै भए पनि २५ प्रतिशत सहर पसेका छन् ।

संघीय सासंद नवराज सिलवालले गोटिखेलबाट चापागाँउ सडक राम्रो बनेमा एक घण्टामै आउन सकिने बताए । उनले भने, ‘हामीले यस भेगमा सडक राम्रो बनाउन बाँकी छ । त्यसपछि गोटिखेल क्षेत्रका स्थानीयलाई सहरबाट फर्काउन सकिएला ।’

प्रदेश सासंद चेतनाथ सञ्जेलले लेले चन्दनपुर सडकलाई बहुवर्षीय ठेक्कामा लगाएर सडक निर्माणको तयारी भइरहेको बताए ।

नवराज सञ्जेलले केही वर्षअघि दक्षिण ललितपुर उपत्यका सम्पर्क कमिटी निर्माण गरिएको भए पनि काठमाडौं उपत्यकामा महांकाल गाउँपालिकाका युवाको संख्या दिनदिनै बढ्न थालेपछि सम्पर्क कमिटी जरुरी बनेको तर्क थियो ।

आर के घलानको अध्यक्षता एमाले महांकाल उपत्यका सम्पर्क कमिटी गठन भएको हो ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ४९ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका