७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाल्पा एमालेका नेता यादव रायमाझी सहितका नेताहरु एकीकृत समाजवादीमा प्रवेश



तानसेन । तुलनात्मकरुपमा बलियो पकड मानिएको नेकपा एमाले पाल्पामा पनि एमालेले क्षति ब्यहोर्न थालेको छ । नेपाल समुह छाडेर एमालेमै रहेका एमाले पूर्व जिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझी सहित केही नेताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि एमालेमा क्षति पुगेको हो ।

रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरेर आफु सहितको नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका छन् । उनले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले आफुहरुले एकीकृत समाजवादी रोजेको बताए ।

उनले विगतदेखि नै एमाले पार्टीमा चरम विकृति र विसङ्गति बढेको र त्यसलाई सच्याउन आफु पार्टी विभाजन हुँदा पनि एमालेमै रहेपनि सच्याउन नसकेपछि पार्टि छाड्नु परेको बताए। उनले एकीकृत समाजवादीले दिने जुनसुकै जिम्मेवारी इमान्दारीपूर्वक निभाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझी तत्कालीन नेकपामा विवाद हुँदा माधव नेपाल–प्रचण्ड पक्षमा र त्यस यता नेपाल पक्षमा रहँदै आएका थिए । नेपाल पक्षबाट एमाले विभाजन गराएपछि भने उनले नेपाल पक्ष छाडेर घनश्याम भुसाल सहितका १० नेतासंगै एमालेमै रहेका थिए ।

रायमाझीसँगै एमाले जिल्ला कमिटी सदस्यहरू धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बराल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बराल गत स्थानीय चुनावमा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार हुन् भने पौडेल साबिकको छहरा गाविस अध्यक्ष हुन् ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ४ : ०६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११