२३ असार २०८३, मंगलबार | July 7, 2026

माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेदवारी दर्ता, भोली मतदान



काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ ।

प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

अपरान्ह ४ बजेसम्म मतदाता उपर दावी बिरोधको समय, मतदाता नामावलीमा दावी बिरोधको सुचना ४ः१५ बजेसम्म, ४ः५० सम्म दाबी बिरोध माथी अन्तिम निर्णय लिएसँगै मतदाता नामावली सार्वजनिक हुनेछ ।

यसैगरी, उम्मेदवार मनोनयनको प्रक्रिया भने आजै साँझ ८ बजे देखी सुरु हुनेछ भने भने राति १०ः३० मा उम्मेदवार मनोनयन पछिको सुची सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

राति १०:३० मा उम्मेदवारी सुची सार्वजनिक गरे लगत्तै आईतवार बिहानवाट उम्मेदवारको बिरोधमा उजुरी दिन समय बिहान ८ः०० देखी ८ः३० सम्म तोकिएको छ । साथै, उम्मेदवारको बिरोधमा परेको उजुरीको सुचना ८ः३५ मा निर्वाचन समितिले दिने छ ।

उक्त उजुरी उपर निर्वाचन समितिले छानबिन भने बिहान ८ः४० देखी ९ः०० बजेसम्म गर्नेछन र ९ः१० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । जसअनुसार ९ः३० देखी ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय समितिले दिएको छ ।

बिहान ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० वाट मतदान प्रक्रिया सुरु भई ४ बजेसम्ममा सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ६ : ०४ बजे

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक