२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

सिटीलाई ११ अंकको अग्रता



काठमाडौं । आर्सनलविरुद्ध पुनरागमन जितपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ११ अंकको अग्रता बनाएको छ ।

१० खेलाडीमा सीमित आर्सनलको घरेलु मैदान इमिरेटस् स्टेडियममा रियाद मेहरेज र रोड्रिले गोल गरेपछि सिटीले उपाधि यात्रा बलियो बनाएको हो ।

खेलको ३१ औं मिनेटमा बुकायो साकाले गोल गर्दै घरेलु टोली आर्सनललाई अग्रता दिलाए । ५७ औं मिनेटमा पाएको पाएको पेनाल्टी सदुपयोग गर्दै रियादले सिटीलाई १-१ को बराबरीमा ल्याए ।

५९ औं मिनेटमा गाब्रियल मगालहेसले दोहोरो पहेँलो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।

९० मिनेट पछिको इन्जुरी समयमा रोड्रिले बक्स भित्र पाएको बललाई सदुपयोग गरेपछि सिटीले सिजनको १७ औं जित पायो ।

जितसँगै सिटीले शीर्षस्थानमा रहँदै ५३ अंक बनाएको छ । एक खेल कम खेलको चेल्सी ४२ अंक सहित दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ३० बजे

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति

सङ्खुवासभामा मतगणनाका सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय