११ भदौ २०८३, बिहिबार | August 27, 2026

टी-२० विश्वकप ग्लोबल छनोट तयारी: असन्तुष्ट खेलाडीबिना पनि क्रिकेट प्रशिक्षण सुरु हुने



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी-२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि बोलाइएको प्रशिक्षणमा कारबाहीमा परेका खेलाडीसहित उनीहरुलाई समर्थन गर्दै आएका खेलाडी टिम होटल रिपोर्टिङमा पुग्न आनाकानी गरेका छन् ।

मुख्यप्रशिक्षक पुबुदु दासानायेकेले छनोटका लागि ३० खेलाडीलाई बोलाएका थिए । जसमा कारबाहीमा परेका ४ खेलाडीसमेत थिए । तर,क्यानको शनिबार खेलाडीलाई होटल रिपोर्टिङ र आईतबार ओरिएन्टेसन हुने कार्यक्रममा कारबाहीमा परेका र उनीहरुलाई समर्थन गर्दै आएका खेलाडीसमेत सहभागी भएनन् ।

पहिलो दिन ११ खेलाडी मात्रै उपलब्ध भएका छन् । ६ खेलाडी भने आउने क्रममा रहेको क्यानका कार्यवहाक सचिव प्रशान्त बिक्रम मल्ले न्युज कारखानालाई बताए ।

‘पहिलो दिन ११ खेलाडीले रिपोर्ट गर्नुभएको छ । तराईमा रहनु भएका ६ खेलाडी आउने क्रममा हुनुहुन्छ । उहाँहरु आज (आईतबार) सम्म आईपुग्नुहुन्छ ।’ मल्लले भने ।

यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले निवर्तमान कप्तान ज्ञानेन्द मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित कमल सिंह ऐरी र सोमपाल कामी गरी चार खेलाडीलाई आचारसंहित उल्लघंन गरेको भन्दै केन्द्रीय कन्ट्याक्टबाट सुरुआती छ महिना बाहिर राखेको हो ।

साे विषयलाई लिएर केही खेलाडीले उनीहरुलाई समर्थन गरिरहेका छन् । यता, खेलाडीले भने हालका कप्तान सन्दीप लामिछाने हटाईनुपर्ने र खेलाडीको कारबाही फिर्ता हुनुपर्ने माग राख्दै आएका छन् । क्यान भने असन्तुष्ट खेलाडीबिना पनि क्रिकेट प्रशिक्षण सुरु गर्ने तयारीमा छ ।

मल्लले उपलब्ध खेलाडीबाटै अभ्यास सत्र सुरु गर्ने बताए । ‘आज ओरिएन्टेसन हुनेछ। मैदान बाहिरनै प्रशिक्षण हुन्छ । भोलि (सोमबार) बाट जति आउहुनेछ’ उहाँहरुले नै मैदानको अभ्यास थाल्नुहुनेछ । हामी अभ्यास रोक्दैनौं, ’ मल्लले न्युज कारखानासँग भने ।

३० सदस्यीय प्रारम्भिक टिमका खेलाडीकाे नाम

सन्दिप लामिछाने ( कप्तान ), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामी, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुसन भारी, पवन सर्राफ, बिक्रम सोब, भिम शार्की, रोहित पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : २३ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका