११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

राष्ट्रियसभा चुनावमा भागवण्डा मिलाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच बैठक



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी भएका छन् ।

राष्ट्रियसभा सदस्य चुनावमा सत्तारुढ गठबन्धन दलले चुनावी तालमेल गर्ने आपसी सहमति गरेका छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १२ : ३२ बजे

व्यवसायीमाथि बढ्दो पक्राउप्रति निजी क्षेत्र आक्रोशित, ‘पहिले सुन, अनि मात्र थुन’

काठमाडौं । मुलुकका प्रमुख तीन निजी क्षेत्रका छाता संगठनहरूले पछिल्लो

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिना बसाईका लागि पोखरा

१७ चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता सूचीबाट खारेज

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्याग गरेका १७

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकों मूल्य घटेको छ

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट