६ पुस २०८२, आइतबार | December 21, 2025

तिलोत्तमामा माघ १३ गतेदेखी औद्योगिक व्यापार महोत्सव हुदै



बुटवल । आगामी माघ १३ गतेदेखि रुपन्देहीको तिलोत्तमामा औद्योगिक कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ ।
तिलोत्तमा चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १३ गतेदेखी २४ गतेसम्म तिलोत्तमा-५ मेला मण्डप मणिग्राममा महोत्सव हुने भएको हो ।

महोत्सव बारे जानकारी गराउन सोमबार तिलोत्तमामा पत्रकार सम्मेलनको आयोजना गरि तयारी तीब्र पारिएको आयोजकले जनाएको छ । स्थानीय वस्तु तथा सेवाको बजार प्रवर्द्धन गर्ने एवं उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने लक्ष्य महोत्सवले लिएको छ । निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरणको निर्माण गर्ने, स्थानीय उत्पादनमा गुणात्मक सुधारगरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने लगायतका उद्देश्यहरु तय गरेका छन । यसैगरी कृषिजन्य उत्पादनको बजार प्रवर्द्धन गर्ने, तिलोत्तमा आसपासका अन्य पर्यटकीय स्थलहरुको पहिचान गरी विकासमा सहयोग पुयाउने लक्ष्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसालले जानकारी दिनुभयो ।

देश-विदेशका व्यवसायीहरुसंग अनुभव आदान-प्रदानको अवसर प्रदान गर्ने, उत्पादक र उपभोक्ता बीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने, लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने तथा कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने लक्ष्य राखिएको मेलाको आयोजक संस्थाका रुपमा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेश चेम्बर अफ कमर्स तथा रुपन्देही व्यापार संघ रहेका छन् ।
मेलामा १० करोड बराबरको कारोबार तथा २ लाख दर्शकले अबलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

महोत्सवमा कृषि व्यवसाय सम्बन्धी गोष्ठी, ताजा तरकारी तथा फलफूल प्रर्दशनी, आधुनिक कृषि पेभिलियन, होटल व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन गोष्ठी, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी मुख्य आकर्षणका रुपमा रहने छन् । यसैगरी राष्ट्रिय स्तरको सांस्कृतिक एवं हास्य व्यंग कार्यक्रमम, स्थानीय गीत एवम् नृत्य, डान्स आइडल सहितको विविध सांस्कृतिक कार्यक्रम, लोक दोहोरी प्रतियोगिता लगायत रहेका छन् । कूल ३ सय स्टल रहने मेलामा १५ वटा तिलोत्तमाका महिला कृषक समूहको हुने छन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ३ : ४८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ