३ पुस २०८२, बिहिबार | December 18, 2025

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको जित



काठमाडौं । केलियन एम्बाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सानदार जित निकालेको छ ।
सोमबार राति सम्पन्न खेलमा पीएसजीले वेन्समाथि ४-० को फराकिलो जित निकालेको हो ।

खेलको २८ औं मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा थप तीन गोल गर्‍यो ।

खेलको ५९ औं मिनेटमा किम्पेम्बेको सहयोगमा गोल गर्दै एम्बाप्पेले टिमको अग्रता दोब्बर पारे । त्यसपछि ७१ औं मिनेटमा जाभी सिमोन्सको पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा त्यसपछि खेलको ७६ औं मिनेटमा जुनियर दिना एबिम्बेको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

यो सँगै एम्बाप्पेले पीएसजीका लागि १ सय ९६ खेलमा १ सय ५० गोल गरेका छन् । खेलअघि लियोनल मेसीसहित चार खेलाडीलाई कोभिड-१९ पोजेटिभ देखिएपछि पिएसजी उनीहरूबिनै मैदानमा उत्रिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ८ : ०७ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा