१२ बैशाख २०८१, बुधबार | April 24, 2024

रुपन्देहीमा सीके राउत नेतृत्वको जनमत पार्टीको दिनहुँ प्रदर्शन



बुटवल । सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा दिनहुँ प्रदर्शन गर्न थालेको छ । विभिन्न माग राख्दै सो पार्टीले सडक बन्ददेखि प्रदर्शन गर्दै आएको छ ।

एक सातादेखि प्रदर्शन गर्दै आएको सो पार्टीले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएको छ । किसान आन्दोलन संघर्ष समितिको नाममा जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गर्दै आएका हुन् ।

प्रदर्शन गर्दै सडक बन्द गराउँदा प्रहरीले गत आइतबार सो पार्टीका १२ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो । उनीहरुले भैरहवा–लुम्बिनी सडक खण्ड र भैरहवा-परासी सडक खण्ड अवरुद्ध पारेपछि प्रहरीले पक्राउ गरेको थियो ।

जनमत पार्टीका कार्यकर्ताले खासगरी रुपन्देहीको बनगाइ र धकधईमा सडक अवरुद्ध गर्दै आएका छन् । विगत एक सातादेखि सडक अवरुद्ध गर्दै आएका जनमत पार्टीका कार्यकर्ता लाठी-भाटा बोकेर प्रदर्शनमा उत्रिने गरेका छन् ।

आइतबार भैरहवा-लुम्बिनी सडकखण्डअन्तर्गत बनगाई चोकमा चक्काजाम गर्न आएका कार्यकर्तालाई प्रहरीले हटाएपछि उनीहरुले भैरहवा परासी खण्डको धकधही चोकमा चक्काजाम गरेका थिए ।

जनमत पार्टीले किसानमाथिको दमन बन्द गर्नुपर्ने, किसान र आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता गर्नुपर्ने, समयमा मलखाद र बीउविजनको व्यवस्था, सिँचाइको व्यवस्था, सि‌ंचाइको बिजुली निःशुल्क, हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिबापत तत्काल राहत, किसानको समस्या समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी मनोज केसीले आन्दोलनका क्रममा सडक अवरोध गराएका १२ जना पार्टीका नेताकार्यकतालाई पक्राउ गरिएको जानकारी दिए । चक्काजाम नगर्न आग्रह गर्दा नमानेपछि सामान्य बल प्रयोग गरेर सडकको अवरोध हटाएको र उनीहरुलाई नियन्त्रणमा लिइएको केसीले बताए ।

पक्राउ पर्नेमा पार्टीको रुपन्देही उपाध्यक्ष शम्भुप्रसाद यादव, कार्यकारी सदस्य विजय यादव, जिल्ला सदस्य सुदीप चौधरी, रोहिणी पार्टी कमिटी अध्यक्ष, विष्णु चौधरी, राजकुमार कोइरी, प्रमोद गुप्ता, हिरामन हरिजन, राजेन्द्र यादव, धर्मेन्द्र यादव, सुनिल गुप्ता, राजप्रसाद मुराउ, भरतकुमार यादव छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए ।

जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्रप्रसाद यादवल किसानको समस्या राखेर शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले बल प्रयोग गरेको आरोप लगाए ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ८ : २३ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको