५ पुस २०८२, शनिबार | December 20, 2025

यी हुन राष्ट्रियसभा चुनावमा माओवादीका उम्मेदवार ?



काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य चुनावका लागि उम्मेदवार टुंगो लगाएको छ ।

सत्तारुढ गठबन्धनबीच राष्ट्रियसभा चुनावमा मिलेर जाने सहमति भएसँगै माओवादीले आफुलाई प्राप्त भएका ६ जना उम्मेदवारको टुंगो लगाएको हो ।

माओवादीले प्रदेश २ मा उर्मिला अर्याललाई उममेदवार बनाएको छ । गण्डकीमा अन्य समुहबाट सुरेश आलेमगरलाई उम्मेदवार बनाएको छ भने दलित समुहबाट भरत सुनारलाई उम्मेदवार बनाएको छ । यसैगरी कर्णालीमा अपांग अल्पसंख्यकबाट नरबहादुर विष्ट र सुदुरपश्चिममा जगत पार्कीलाई उम्मेदबार चयन गरेको छ ।

हिजो बसेको माओवादीको केन्द्रीय समिति बैठकले उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

एक जना राष्ट्रपतिबाट मनोनित गरिने भएकाले त्यसका लागि रामनारायण बिडारीको नाम अध्यक्ष प्रचण्डले टुंगो लगाएका छन् ।

रिक्त रहेका राष्ट्रिय सभा सदस्यमा यसअघि जुन पार्टीबाट निर्वाचित भएकाले थिए सोही पार्टीलाई छाडिने दिने सत्तारुढ गठबन्धनले निर्णय गरेको थियो । जसअनुसार माओवादी कोटाबाट बिडारी राष्ट्रिय सभामा मनोनीत भएका थिए । फेरि उनैलाई दोहोर्‍याउन थालिएको हो । तर, एमालेबाट निर्वाचित भएको स्थानमा भने गठबन्धनले भागबन्डा गरेको छ ।

राष्ट्रियसभामा रिक्त १९ पदमा आगामी माघ १२ गते निर्वाचन हुँदैछ । त्यसका लागि आजै उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ११ : ०४ बजे

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल