११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

यी हुन राष्ट्रियसभा चुनावमा माओवादीका उम्मेदवार ?



काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य चुनावका लागि उम्मेदवार टुंगो लगाएको छ ।

सत्तारुढ गठबन्धनबीच राष्ट्रियसभा चुनावमा मिलेर जाने सहमति भएसँगै माओवादीले आफुलाई प्राप्त भएका ६ जना उम्मेदवारको टुंगो लगाएको हो ।

माओवादीले प्रदेश २ मा उर्मिला अर्याललाई उममेदवार बनाएको छ । गण्डकीमा अन्य समुहबाट सुरेश आलेमगरलाई उम्मेदवार बनाएको छ भने दलित समुहबाट भरत सुनारलाई उम्मेदवार बनाएको छ । यसैगरी कर्णालीमा अपांग अल्पसंख्यकबाट नरबहादुर विष्ट र सुदुरपश्चिममा जगत पार्कीलाई उम्मेदबार चयन गरेको छ ।

हिजो बसेको माओवादीको केन्द्रीय समिति बैठकले उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

एक जना राष्ट्रपतिबाट मनोनित गरिने भएकाले त्यसका लागि रामनारायण बिडारीको नाम अध्यक्ष प्रचण्डले टुंगो लगाएका छन् ।

रिक्त रहेका राष्ट्रिय सभा सदस्यमा यसअघि जुन पार्टीबाट निर्वाचित भएकाले थिए सोही पार्टीलाई छाडिने दिने सत्तारुढ गठबन्धनले निर्णय गरेको थियो । जसअनुसार माओवादी कोटाबाट बिडारी राष्ट्रिय सभामा मनोनीत भएका थिए । फेरि उनैलाई दोहोर्‍याउन थालिएको हो । तर, एमालेबाट निर्वाचित भएको स्थानमा भने गठबन्धनले भागबन्डा गरेको छ ।

राष्ट्रियसभामा रिक्त १९ पदमा आगामी माघ १२ गते निर्वाचन हुँदैछ । त्यसका लागि आजै उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ११ : ०४ बजे

सुकुम्वासी बस्ती हटाउने निर्णयप्रति एम्नेस्टीको आपत्ति, ‘जबरजस्ती निष्कासन रोक्न’ आग्रह

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले काठमाडौंका अव्यवस्थित बस्तीबाट सयौँ परिवारलाई हटाउने

गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौँ । यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई

सार्क विकास प्रतिवेदनमा साझा सहमति

काठमाडौं । सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन्

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिना बसाईका लागि पोखरा

व्यवसायीमाथि बढ्दो पक्राउप्रति निजी क्षेत्र आक्रोशित, ‘पहिले सुन, अनि मात्र थुन’

काठमाडौं । मुलुकका प्रमुख तीन निजी क्षेत्रका छाता संगठनहरूले पछिल्लो