२३ बैशाख २०८१, आइतबार | May 5, 2024

प्रकृतिको अनुपम उपहार बुटवलको हिलपार्क दिनदिनै दुर्गन्धित बन्दै



बुटवल । पछिल्लो समय लुम्विनी प्रदेश अन्तर्गत रुपन्देही जिल्ला वुटवलको हिलपार्क सवैका लागि लोकप्रिय स्थान बनेको छ । बुटवल र यसआसपासका नागरिकहरुका लागि जतिनै लोकप्रिय बनेपनि हिलपार्क व्यवस्थित भने छैन । जव हिलपार्कको सिंढी चढ्न थालिन्छ फोहोरका थुप्रो यत्रतत्र छरिएको देख्न सकिन्छ ।
घुम्न आएका यात्रुले आफुले ल्याएका खाजाको प्याकेट, पानी खाए पछि खाली भएका प्लास्टिकका बोतल र फलफुलका वोक्राले सुन्दर हिलपार्कलाई नै दुर्गन्धित बनाइदिएको छ ।

हरेकदिन सयौंको संख्यामा पार्कको बिचरण गर्न जाने हिलपार्कमा फोहर व्यवस्थापनको कुनै खास नियम बनाइएको छैन । कतै कतै डस्बिन राखिएको भएपनि डस्बिनमा फोहर नफाल्नेहरुलाई कुनै सजाँय नहुँदा जथाभावी फोहर फाल्ने प्रबृत्ति बढ्दै गएको छ । यात्रुले जता मन लाग्यो उतै फोहोर फाल्ने गरेका छन् ।

हरेक बिहान सयौंको संख्यामा बिहानी यात्रा गर्ने र हरेक दिनभरी युवा युवतीहरुले बिचरण गर्ने हिलपार्कमा पार्क सफा राख्ने कडा नियम नबनाइएको पार्ककै कर्मचारी स्विकार गर्दछन् । हिलपार्क कर्मचारी काजीमान श्रेण्ठले एकजना मात्र सफा गर्ने कर्मचारीले पार्कको सरसफाई धान्न नसक्ने बताए । फोहर गर्ने पदयात्रीलाई सचेत बनाउने बाहेक अन्य कुनै नियम नबनाइएको उनले बताए ।

प्रवेश टिकट बाहेक अन्य आम्दानी नभएको र टिकट बेचेको पैसाले भएका कर्मचारीलाई पनि तलव खान नपुग्ने भएको श्रेष्ठको गुनासो छ । ‘पार्कको यरिया ठुलो भएपनि कर्मचारी एकजना मात्र भएकाले सफा राख्न भ्याइएको छैन ।’ उनले भने, ‘केहि डस्बिन र कम्तीमा ४ जना कर्मचारी थपिए सफा राख्न सकिन्छ ।’

कर्मचारी श्रेष्ठले डस्बिनको आवश्यकता रहेको बताइरहँदा भएकै डस्बिन प्रयोग नभएर यत्रतत्र फोहोर छरपस्त भएको बारे भने श्रेष्ठले केही बताएनन् ।

हिलपार्कमा पदयात्रा गर्न जाने बुटवलकी स्थानीय लक्ष्मी अर्यालले भने आफुले लिएर आएको होहर प्लास्टिकमा हालेर डस्बिनमा फाल्ने गरेको बताइन् । बुद्धि नपुगेकै कारण यात्रुले जथाभावी फोहर फालेको उनको ठहर छ ।

‘विदेशमा फोहोर सम्वन्धी कडा नियम बनाइएको हुन्छ त्यहाँ आफुले गरेको नचाहीने फोहोर डस्विनमा मात्र फाल्छन् जलाभावी फाले जरीमाना तिनुपर्छ ।’ हिलपार्क घुम्दै गरेकी अर्का यात्रु रुपा पाण्डेले भनिन्, ‘नेपालमा पनि जथाभाबी फोहोर फाल्नेलाई जरीमाना तोक्ने नियम बनाउनु पर्छ ।’

थोरै कर्मचारीबाट काम लिइएको र भएका कर्मचारी पनि बिरामी परेका कारण समस्या देखिएको हिलपार्क व्यवस्थापन समितिका अध्यक्ष भिम तुलाचनले बताए । पर्याप्त कर्मचारी थप्न आम्दानी नभएको बताउँदै उनले थप २ जना कर्मचारी राख्ने तयारी भएको जानकारी दिए । डस्बिन राखेपनि पदयात्रीले फोहर बाहिर पाल्ने गरेको तुलाचनको गुनासो छ ।

हिलपार्कलाई लुम्बिनी प्रदेशकै नमुना बनाउने योजना सार्वजनिक गरेको बुटवल उपमहानगरपालिका पार्कको कन्तबजिेगमा भने मौन बसेको छ । हिलपार्कको सफाईमा उपमहानगरको ध्यान नपुगेको जिज्ञासामा बुटवल उपमहानगरका कार्यकारी प्रमुख बिरेन्द्रदेव भारती नगर विकाससगै हिलपार्क व्यवस्थापन लागि ठोस निर्णय गरिने बताउँछन् । आगामी बैठकमा हिलपार्कका बिषयमा छलफल गरेर उपयुक्त निर्णय गरिने भारतीले बताए ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ११ : ३१ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले