७ आश्विन २०८३, बुधबार | September 23, 2026

मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ ।

रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी थिइन् ।

१६ डिसेम्वरमा मोदीले पूर्वाञ्चल एक्सप्रेसवे उद्घाटन गर्ने क्रममा यादवले कालो झन्डा देखाएकी थिइन् । झन्डा देखाएको आरोपमा उनलाई सोमबार एउटा अज्ञात समूहले गोली हानेको थियो । गम्भीर घाइते बनेकी उनको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

निजी कारमा लाम्भुवा क्षेत्रमा जाने क्रममा तीन जनाले उनलाई गोली हानेको थियो । सुरुमा आक्रमणकारीले दुर्व्यवहारपछि उनलाई मार्ने धम्की दिएका थिए । सो समूहका एक जनाले उनको गाडीका चालकको निधारमा बन्दुक तेर्साएका थिए ।

उनले गालामा एक झापड हानेपछि आक्रमणकारीले गोली हानेर भागेका थिए । यादव केही महिना अगाडि मात्र भारतीय कंग्रेसमा प्रवेश गरेकी थिइन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ११ : ४२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११