२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ ।

रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी थिइन् ।

१६ डिसेम्वरमा मोदीले पूर्वाञ्चल एक्सप्रेसवे उद्घाटन गर्ने क्रममा यादवले कालो झन्डा देखाएकी थिइन् । झन्डा देखाएको आरोपमा उनलाई सोमबार एउटा अज्ञात समूहले गोली हानेको थियो । गम्भीर घाइते बनेकी उनको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

निजी कारमा लाम्भुवा क्षेत्रमा जाने क्रममा तीन जनाले उनलाई गोली हानेको थियो । सुरुमा आक्रमणकारीले दुर्व्यवहारपछि उनलाई मार्ने धम्की दिएका थिए । सो समूहका एक जनाले उनको गाडीका चालकको निधारमा बन्दुक तेर्साएका थिए ।

उनले गालामा एक झापड हानेपछि आक्रमणकारीले गोली हानेर भागेका थिए । यादव केही महिना अगाडि मात्र भारतीय कंग्रेसमा प्रवेश गरेकी थिइन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ११ : ४२ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई