५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

तीन जनामा कोभिड देखिएपछि चीनको युझोउ सहरमा कर्फ्यू



बेइजिङ । चीनको युझोउ सहरमा कर्फ्यू घोषणा गरिएको छ । ३ जनामा कोभिड संक्रमण देखिएपछि हेनान प्रान्तको युझोउ सहरमा कर्फ्यू लगाइएको हो । १२ लाख जनसंख्या भएको सहरका सबै नागरिकहरुलाई घरभित्रै बस्न भनिएको छ ।

यसअघि सो सहरमा केही दिनअघि बस तथा ट्याक्सी सेवा बन्द गरिएको थियो । त्यस्तै सहरका सपिङ मल, म्युजियम र पर्यटकीय आकर्षणका क्षेत्रहरु पनि बन्द गरिएका थिए ।

चीनमा मंगलबार थप १७५ जनामा कोभिड देखिएको छ । तीमध्ये पाँच जना हेनान प्रान्तका छन् ।

युरोप र अन्य देशहरुको तुलनामा चीनमा कोभिड संक्रमितको संख्या थोरै भए पनि पछिल्ला दिनहरुमा फैलिएको संक्रमण दरले खतराको घन्टी बजेको विज्ञहरुले बताएका छन् ।

अगामी एक महिनापछि चीनमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ । ओलम्पिक अगाडि संक्रमण दरलाई शून्यमा झार्ने चीन सरकारको तयारी छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ११ : ४९ बजे

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर