१३ बैशाख २०८३, आइतबार | April 26, 2026

तीन दिन पछि झुल्केको घामले धेरैलाई राहत, चिसो अझै बढ्न सक्ने भन्दै सावधानी अपनाउन चिकित्सकको सल्लाह



बुटवल । विगत ३ दिनदेखी बाक्लो हुस्सु र शितलहरबाट प्रभावित बनेको बुटवल र यस आसपासका क्षेत्रहरुमा मंगलबार भने घाम झुल्केको छ । चिसोले कठाँग्रिएको बुटवलमा आज झुल्केको घामले राहत दिएको स्थानीयले बताएका छन् ।

हिउँदे वर्षासंगै जाडो बढेपछि बुटवल सहित तराइको जनजिवन प्रभावित बनेको थियो । जाडोका कारण ज्यालादारी मजदुर, स्कुल जाने बालबलििका, नवजात शिशु, वृद्ध वृद्धा अशक्त अपाङ्ग बढी प्रभावित भएका थिए । मंगलबार न्यानो घाम झुल्किएपछि उनीहरुले राहत महसुस गरेका छन् ।

तराईका जिल्लाहरुमा गत शनिबारर देखी हुस्सु, कुहिरो र शितलहर परेका कारण जाडो बढेर जनजीवन कस्टकर बनेको थियो ।

झण्डै ३ दिन पछी घाम झुल्केपछि घाममा सिन्की सुकाउदै गरेकी बुटवल वडा ७ की मथुरा पन्त खुसी भएकी छिन् । सिन्की कुहिने डरले चिन्तित उनी घाम लागेपछि सिन्की सुक्ने कुरामा आशावादी बनेकी छिन् । ‘घाम नलाग्दा सिन्की कुहिन्छ की भन्ने डर लागेको थियो धन्न घाम लाग्यो,’ उनले भनिन् ।

उता शनिबार देखि धोएको लुगा नसुकेर पिर मानेकी वुटवल ७ दिपनगरकी माया गाहाको ३ दिन देखिको लुगा आजको घामले सुकेको छ । बाक्लो कपडा नसुकेर पिर मानेकी उनी कपडा सुकेकोमा खुसी छिन् ।

बेमौसमी वर्षासँगै बढेको जाडोका कारण बुटवल उपमहानगरपालिकाले विद्यालय बन्द गराएपनि चिसो कायम नै रहेपछि विद्यालय खुलेर स्कुल पुगेका विद्यार्थिहरुले समस्या भोग्नु परेको थियो । मंगरबार घाम लागे संगै विद्यार्थीहरुले पनि राहत महसुस गरेका छन् ।

बुटवलका विभिन्न स्थानहरुमा चिसोका कारण दिउँसै आगो तापेर बसेका दृष्यहरु देखिएका थिए । चिसो बढेर व्यवसायमा समेत असर परेको व्यवसायीहरुले बताए । पसलमा ग्राहक नआएपछि पसल अगाडी नै आगो बालेर बस्नुको बिकल्प नदेखिएको कालिकानगरका एक व्यवसायीले बताए ।

जाडोमा गरिब, घरवार विहिन, सडक बालबालिका तथा न्यानो लुगा किन्न नसक्ने अशक्तहरुलाई नगरपालिकाले राहतका कायक्रम ल्याउने योजना बनाएको बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख बिरेन्द्र देव भारतीले जानकारी दिए ।

जाडोमा रुघाखोकी, कोरोना भाइरस, कोल्ड डायरिया ,ब्लड प्रेसर, मुटु रोग जस्ता समस्या बढी देखिने हुदा वृद्ध वृद्धा, बालबालिका, असक्त अपाङ्ग सुत्केरी महिलाहरुले न्यानो लुगा लगाउन, तातो सुप र पानी बढी पिउन लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिशियन डाक्टर नन्दु पाठकले सल्लाह दिएका छन् । ‘जाडोमा बढी क्लोरिन र प्रोटिन भएका खानेकुरा र तातो झोलिलो खाने कुरा खानु पर्छ,’ डा. पाठकले भने,- ‘शारिरीक व्यायाम गरेर शरीर तताउने गर्नुपर्छ ।’

जाडो मौसममा घाटी दुख्ने तथा रुखाखोकी ज्वरो आउने समस्या बढी हुने हुँदा सफा उमालेको मनतातो पानी पिउदा उपयुक्त हुने डा. पाठकले बताए ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ६ : ३५ बजे

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध

‘गल्छी-रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

नुवाकोट । ‘गल्छी-रसुवागढी सडक योजनाको कार्यालय’ मार्फत विस्तार भइरहेको सडकको

फलामखानीको थप अनुसन्धान गरिँदै

काठमाडौँ । खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

काठमाडौं । एक जना शङ्कास्पद लागुपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व । शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग