१६ बैशाख २०८१, आइतबार | April 28, 2024

तीन दिन पछि झुल्केको घामले धेरैलाई राहत, चिसो अझै बढ्न सक्ने भन्दै सावधानी अपनाउन चिकित्सकको सल्लाह



बुटवल । विगत ३ दिनदेखी बाक्लो हुस्सु र शितलहरबाट प्रभावित बनेको बुटवल र यस आसपासका क्षेत्रहरुमा मंगलबार भने घाम झुल्केको छ । चिसोले कठाँग्रिएको बुटवलमा आज झुल्केको घामले राहत दिएको स्थानीयले बताएका छन् ।

हिउँदे वर्षासंगै जाडो बढेपछि बुटवल सहित तराइको जनजिवन प्रभावित बनेको थियो । जाडोका कारण ज्यालादारी मजदुर, स्कुल जाने बालबलििका, नवजात शिशु, वृद्ध वृद्धा अशक्त अपाङ्ग बढी प्रभावित भएका थिए । मंगलबार न्यानो घाम झुल्किएपछि उनीहरुले राहत महसुस गरेका छन् ।

तराईका जिल्लाहरुमा गत शनिबारर देखी हुस्सु, कुहिरो र शितलहर परेका कारण जाडो बढेर जनजीवन कस्टकर बनेको थियो ।

झण्डै ३ दिन पछी घाम झुल्केपछि घाममा सिन्की सुकाउदै गरेकी बुटवल वडा ७ की मथुरा पन्त खुसी भएकी छिन् । सिन्की कुहिने डरले चिन्तित उनी घाम लागेपछि सिन्की सुक्ने कुरामा आशावादी बनेकी छिन् । ‘घाम नलाग्दा सिन्की कुहिन्छ की भन्ने डर लागेको थियो धन्न घाम लाग्यो,’ उनले भनिन् ।

उता शनिबार देखि धोएको लुगा नसुकेर पिर मानेकी वुटवल ७ दिपनगरकी माया गाहाको ३ दिन देखिको लुगा आजको घामले सुकेको छ । बाक्लो कपडा नसुकेर पिर मानेकी उनी कपडा सुकेकोमा खुसी छिन् ।

बेमौसमी वर्षासँगै बढेको जाडोका कारण बुटवल उपमहानगरपालिकाले विद्यालय बन्द गराएपनि चिसो कायम नै रहेपछि विद्यालय खुलेर स्कुल पुगेका विद्यार्थिहरुले समस्या भोग्नु परेको थियो । मंगरबार घाम लागे संगै विद्यार्थीहरुले पनि राहत महसुस गरेका छन् ।

बुटवलका विभिन्न स्थानहरुमा चिसोका कारण दिउँसै आगो तापेर बसेका दृष्यहरु देखिएका थिए । चिसो बढेर व्यवसायमा समेत असर परेको व्यवसायीहरुले बताए । पसलमा ग्राहक नआएपछि पसल अगाडी नै आगो बालेर बस्नुको बिकल्प नदेखिएको कालिकानगरका एक व्यवसायीले बताए ।

जाडोमा गरिब, घरवार विहिन, सडक बालबालिका तथा न्यानो लुगा किन्न नसक्ने अशक्तहरुलाई नगरपालिकाले राहतका कायक्रम ल्याउने योजना बनाएको बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख बिरेन्द्र देव भारतीले जानकारी दिए ।

जाडोमा रुघाखोकी, कोरोना भाइरस, कोल्ड डायरिया ,ब्लड प्रेसर, मुटु रोग जस्ता समस्या बढी देखिने हुदा वृद्ध वृद्धा, बालबालिका, असक्त अपाङ्ग सुत्केरी महिलाहरुले न्यानो लुगा लगाउन, तातो सुप र पानी बढी पिउन लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिशियन डाक्टर नन्दु पाठकले सल्लाह दिएका छन् । ‘जाडोमा बढी क्लोरिन र प्रोटिन भएका खानेकुरा र तातो झोलिलो खाने कुरा खानु पर्छ,’ डा. पाठकले भने,- ‘शारिरीक व्यायाम गरेर शरीर तताउने गर्नुपर्छ ।’

जाडो मौसममा घाटी दुख्ने तथा रुखाखोकी ज्वरो आउने समस्या बढी हुने हुँदा सफा उमालेको मनतातो पानी पिउदा उपयुक्त हुने डा. पाठकले बताए ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ६ : ३५ बजे

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

२ करोडको लगानीमा बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच