७ आश्विन २०८३, बुधबार | September 23, 2026

रोजगार होईन स्वरोजगार हुने प्रयास गरौं : युवा तथा खेलकुद मन्त्री अथक



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवाहरु रोजगार मात्र नभएर स्वरोजगार हुनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय युवा परिषद र आईडिया स्टुडियो नेपालको साझेदारीमा संचालित “युवा नवप्रवर्तन/इन्क्युवेसन नीति प्रयोगशालामा आधारित” पाँच दिने तालिमको समापन समारोहमा बोल्दै मन्त्री अथकले युवाहरुले रोजगारीको मात्र उद्धेश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताएका हुन् ।

अरुको अधिनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढि लाभदायी हुने उल्लेख गर्दै मन्त्री अथकले भने, “रोजगार होईन स्वरोजगार हुने प्रयास गरौं ।”

तालिमको समापन समारोहमा सहभागी हुन ललितपुर पुगेका मन्त्री अथकले देशभित्रै स्वरोजगार हुन सम्भव छ भन्ने मान्यता स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए ।

तालिममा सहभागी सातै प्रदेशका युवाहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले विदेशमा गएर जस्तो सुकै काम गर्न तयार युवा पुस्ता स्वदेशमा श्रम गर्न भने लजाउने गरेको बताए । नेपाल सरकारद्धारा संचालित युवा लक्षित कार्यक्रमको सदुपयोग गर्दै स्वदेशमै आत्मनिर्भर हुन मन्त्री अथकले युवाहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा लगाएत सातै प्रदेशका युवाहरुको सहभागी रहेको थियो ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ९ : ३६ बजे

एसियाली खेलकुदः नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज

लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको अपिल

दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन,

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, सदस्यहरूले धारणा राख्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच न्यूयोर्कमा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

त्रिशूली । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्डे, सातविसे र नौबिसेमा अहिले